अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि त्यहाँबाट ३८ जना नेपाली फर्काइएको छ । यसअघि ३५ जना फकाइएका थिए भने पछिल्लो समय ३ जना फकाइएका हुन् ।
अमेरिकामा विनाकागजात र अवैध रुपमा बसोबसा गर्दै आएकाहरुलाई धमाधम फिर्ता पठाउन थालिएको हो । यही फागुन २२ गते ८ जना नेपालीलाई चाटर्ड विमानबाट नेपाल ल्याइएको थियो । उनीहरुलाई हतकडी र नेल लगाएर त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा झारिएको थियो । अमेरिकामा झण्डै एक हजार नेपाली अवैध रुपमा बस्दै आएको आङ्कलन गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्