Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १२ मंगलबार, १०:२८ अपराह्न
विशेष स्थानको सुरक्षामा ११५ सैनिक टोली परिचालन

आसन्न अर्थात यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा संवेदनशील क्षेत्रको सुरक्षाका लागि नेपाली सेना ११५ स्थानमा परिचालन भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विमानस्थल, टेलिकम, कारागार र अन्य सरकारी कार्यालय सुरक्षाका लागि देशका १ सय १५ स्थानमा सेनाका युनिट परिचालन गरिएका हुन् ।

सेना परिचालनअघि यी स्थानको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित थिए । निर्वाचनमा सशस्त्र र नेपाल प्रहरी खटिएपछि ती स्थानमा सेनालाई खटाइएको हो ।