Advertisement GIF
अक्सिडेन्टल पब्लिक स्कुल : ९ सय विद्यार्थी खेलकुदको प्रतिस्पर्धामा

राजधानी काठमाडौंको अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कुलले यस वर्षको वार्षिक खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको छ । गत माघ २८ बाट सुरु भएको यो प्रतियोगिता यही फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता ललितपुरको लगनखेलस्तिथ नेपाली सेनाको खेलमैदानमा भइरहेको छ ।

प्रतियोगितामा विभिन्न १४ खेल समावेश गरिएका छन् । विद्यालयका करिव एक हजार विद्यार्थीमध्ये ९ सय जना यी खेलमा सहभागी हुने ओपिएस स्पोट्स काउन्सिल अध्यक्ष गोपाल पौडेलले जानकारी दिनु भयो ।

 

विद्यालयका प्रिन्सिपल टेकबहादुर पौडेलका अनुसार विद्यालयले वार्षिक क्यालेण्डर नै बनाएर निरन्तर खेलकुदका कृयाकलाप गर्दै आएको छ । यो विद्यालयको आन्तरिक खेलकुद प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु पलेशा गोवद्र्धन र एरिका गुरुङ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमका सभापति प्राद्यापक डा सिद्धिप्रसाद कोइरालाले खेलकुदले करिअर पनि बनाउने भन्दै जीवनका सबै गुण खेलकुदबाट पाउन सकिने बताउनु भयो ।

कार्यक्रममा डा वाशुदेवकृष्ण शास्त्री, वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, डा ओमकृष्ण प्रसाईँ, दिपक कार्की, बुद्धि माझीसमेतको उपस्थिति रहेको थियो ।