Advertisement GIF
कल्पवृक्ष
श्रावण ४ आइतबार, १२:०० अपराह्न
पाँचथर : हेंवाखोलाको डाइभर्सन फेरि बगायो

सुदूर पूर्व पाँचथर जिल्ला भएर ताप्लेजुङ जोड्ने मेची राजमार्गको हेंवाखोलामा बनाएको डाइभर्सन पुनः बगाएको छ । डाइभर्सन बगेसँगै मेची राजमार्गको फिदिम– ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।

यसअघिको बाढीले बेलिब्रिज बगाएपछि बन्दैगरेको मोडुल ब्रिज पनि भाँचिएको थियो । डाईबर्सनमाथिबाट बाढी बगिरिहेको छ भने ताप्लेजुङ र पाँचथरका तीन गाउँपालिकामा यातायात सञ्चालनविहीन भएका छन् ।

यस्तै तमोर करीडोरको नावा खोला सडक खण्ड पनि अवरुद्ध छ । मध्यपहाडी लोकमार्ग, फिदिम– फालोट सडक खण्डसमेत अवरुद्ध छ । पाँचथर प्रवेश गर्ने रवि–दमक सडक खण्ड पनि अवरुद्ध भएको छ ।