‘फूलको जोवन चट्टै छोडेर जान्छु नभन’ बोलको मौलिक नेपाली लोकभाकालाई फ्युजन संगीतमा रुपान्तरण गर्दै गुल्मीका राजन न्यौपानेले गीति भिडियो सार्वजनिक गरेका छन् । झण्डै दुई वर्षसम्म यो गीत र भिडियोका लागि अध्ययन र अनुसन्धान गरेर गीत बजारमा ल्याएको राजनको भनाइ छ ।
यो गीतमा राजनको लेखन, गायन र अभिनय पनि रहेको छ । राजनसित रोशनी कार्की, जीवन अधिकारी, प्रशान्त केसी, राजन गड्तौला, संगीता थापा, सानु पाण्डेले अभिनय गरेका छन् भने भ्युजिक भिडियोको निर्देशन मानव सुवेदीको रहेको छ । काठमाडौं र पनौतीमा छायाङ्कन गरिएको यो गीति भिडियो म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजन न्यौपाने
नेपाली संगीत क्षेत्रमा केही योगदान दिने उदेश्यले राजन २०७० सालमा राजधानी काठमाडौँ प्रवेश गरेका हुन् । उनले यो अवधिमा टिममा बसेर गाएका चर्चाका शिखरमा पुगेका केही गीतमा कालो केशमा रिलीमैदेखि पातलीसम्म रहेका छन् । न्यौपाने भन्ने बित्तिकै धेरैको मानसपटलमा कालो केशमा रिलीमैको धुन र उनको अभिनय झल्किन्छ। यो गीत उनको करियरको एउटा यस्तो कोशेढुङ्गा बन्यो, जसले उनलाई नेपाली घरघरमा मात्र नभएर नेपाली भाषी रहेका विश्वका कुनाकुनासम्म चिनायो।
प्रतिक्रिया दिनुहोस्