नेपालको सीमावर्ति चीनतर्फको लेन्डे खोलामा आएको बाढीले रसुवाको रसुवागढीस्थिच हाइड्रोपावरको ड्याम साइडबाट बेपत्ता भएका १८ जनाको अवस्था अझै अज्ञात छ । आज (मंगलबार) बिहान ३ बजे आएको बाढीका कारण ड्याम साइडमा फसेका ५५ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयसमेतको सहयोगमा उद्धार गरेको छ । मंगलबार मध्यान्नसम्ममा यो उद्धार गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनु भयो ।
उद्धार गरिएकामा १ चिनिया नागरिक, ४ महिला र ५१ जना पुरुष रहेका छन् । यो बाढीले रसुवागढी भन्सार परिसरमा रहेका मालवहाकसमेत एक सयबढी गाडी बगाएको छ ।
प्रतिक्रिया दिनुहोस्