Advertisement GIF
तनहुँमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

तनहुँ जिल्लाको व्यास नगरपालिका–५, संगमटोलमा फेला परेको एक शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

स्थानीय एक नागरिकको घर नजिकै शङ्कास्पद वस्तु (आइइडी) फेला परेपछि उक्त क्षेत्रमा केही बेर त्रास फैलिएको थियो। घटनाबारे जानकारी पाउनसाथ नेपाली सेनाको कालीभञ्जन गणबाट विशेष फौज तत्कालै घटनास्थलमा खटिएको थियो।

सेनाको बम डिस्पोजल टोलीले उच्च सतर्कता र व्यावसायिकता प्रदर्शन गर्दै उक्त शङ्कास्पद वस्तुलाई कुनै पनि मानवीय वा भौतिक क्षति हुन नदिई सफलतापूर्वक डिस्पोज गरेको जनाएको छ। सेनाले सफल रुपमा आइइडी डिस्पोज गरेपछि उक्त क्षेत्रको अवस्था सामान्य रुपमा रहेको छ ।