धादिङमा सोमबार भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाए । ती सबैको पहिचान खुलिसकेको छ ।
सोमबार बिहान बेनिघाट रोराङ गाउँपालिका– ५ ,भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा भएको बस दुर्घटनामा तनहुँका रूद्रप्रसाद ढकाल, अर्चना पौडेल, कास्कीकी अञ्जली क्षेत्री, रोहित नेपाली, स्याङ्जाका घनश्याम सुवेदी, काठमाडौंकी अनिशा महर्जन, मोरङकी हिरा चौधरी, कास्कीका सुजित नेपाली, भारतका मनिष शुक्ला र चीनकी झाड्ड चुनचन छन्।
यस्तै, पोखराका विवेक बास्तोला, स्याङ्जाका चन्द्रबहादुर कुँवर, तनहुँका ओमकुमार मल्ल, धादिङका इन्जिनियर ठकुरी, तनहुँकी विष्णुमाया ढकाल, काठमाडौंका लोप्साङ गोले, तनहुँका हरिप्रसाद सिग्देल र पाल्पाका नविन्द्र श्रेष्ठ छन्। बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग२ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो । घाइते २५ जनाको काठमाडौंका ट्रमा सेन्टर, नेसनल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्