गत आर्थिक वर्ष २०८१र८२ मा काठमाडौँ उपत्यकामा मात्र हराएकाहरूमध्ये ४९० जना नभेटिएको पाइएको छ। काठमाडौँ उपत्यकाबाट ३ हजार ८०१ जना हराएकोमा ३ हजार ३११ जना मात्र फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता शेखर खनालले बताउनु भयो।
कार्यालयले गत आवको प्रगति विवरण सार्वजनिक गर्दै हराएका व्यक्तिहरूमध्ये ८७ प्रतिशत मात्र फेला पारिएको तर १३ प्रतिशतलाई भेटाउन नसकिएको उल्लेख गरेको छ। उनीहरूको खोजी कार्य जारी रहेको कार्यालयको भनाइ छ।
बालबालिकादेखि वृद्धवृद्धासम्म नै हराउने गरेको प्रहरीको तथ्यांक छ। गत आवमा १२७३ जना महिला हराएकोमा १ हजार ८२ जना फेला परेका छन्।
यस्तै १ हजार १८० जना पुरुष हराएकोमा १ हजार ९ जना फेला परेका छन्। यस्तै ७०९ जना बालिका हराउँदा ६३९ जना मात्र भेटिएका छन्। यस्तै ४६६ जना बालक हराएकोमा ४२१ जना फेला परेको प्रवक्ता एसएसपी खनालले जानकारी दिनु भयो। काठमाडौंबाट हराएकाहरु कहाँ पुग्छन्, त्यसको खोजी गरिनु पर्ने प्रगति विवरण कार्यक्रममा प्रहरीलाई सुझाव दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्