Advertisement GIF
कल्पवृक्ष
श्रावण ५ सोमबार, १२:५९ अपराह्न
तारकेश्वरमा महिलाको बेवारिसे शव

राजधानी काठमाडौंको तारकेश्वर नगरपालिका– ८, पिपलडाँडा खेल मैदानमा एक महिलाको बेवारिसे शव फेला परेको छ । खेल मैदानको बारमा झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको हो ।

महिलाको पहिचान खुल्न सकेको छैन । मृतक महिलाले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् ।