नेपाली सेनाका दश पाइलटको बढुवा सिफारिस गरिएको छ । उपसेनानीबाट सहसेनानी तथा सेनानीबाट एक्टिङ्ग सेनानीमा बढुवा सिफारिस गरिएको हो । प्राविधिक एक्टिङ्ग प्रमुख सेनानी दर्जामा बढुवाको लागि सिफारिस भएका प्राविधिक सेनानीमा विशिष्ट उडान सेवाका जितबहादुर पुन, हवाई प्राविधिक सेवाका शिवराम आचार्य र हवाई प्राविधिक सेवाका सुरज कोइराला छन् ।
सात जना उपसेनानी पाइलट सहसेनानी पाइलटमा बढुवा सिफारिस भएका छन् । सिफारिस हुनेमा मध्य एयरबेशका ओमन धमला र रोयन राई, विशिष्ट उडान सेवाका विवेककुमार गिरी,पश्चिम एयरबेशका निरज राई छन् । बढुवाका लागि सिफारिस भएका अन्यमा पूर्वी एयरबेशका कजिन खड्का, मध्य एयरबेशका दिपेश पाण्डेय, पश्चिम एयरबेशका सन्देश राना मगर पनि छन् ।
प्रतिक्रिया दिनुहोस्