टिकटकले बाढीपहिरोको विषयमा विश्वसनीय सूचना दिन नयाँ फिचर अद्यावधिक गरेको छ। नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अप टु डेट जानकारी दिनका लागि नयाँ फिचर प्रयोगमा ल्याइएको टिकटकले जानकारी दिएको हो। प्राकृतिक प्रकोपहरू सम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न तथ्यपरक जानकारीलाई मात्र प्रवर्द्धन गर्न नयाँ फिचर ल्याइएको टिकटकका दक्षिण एसिया पब्लिक पोलिसी एन्ड गभर्मेन्ट रिलेसन्स विभागका प्रमुख फिरदौस मोत्ताकिनले बताए।
‘संकटकालमा सही जानकारीकै भरमा सुरक्षित निर्णय लिन सकिन्छ। त्यसैले हामीले सरकारी तथा विश्वसनीय संस्थाहरूसँग सहकार्य गर्दै यो गाइड तयार गरेका हौं,’ उनले भनेका छन्। टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्ने र यसमा विश्वसनीय स्रोतहरूबाट जानकारी पाइने टिकटकको भनाइ छ।
यो गाइडले प्रयोगकर्तालाई नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल ‘विपद’, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूलाई व्यावहारिक सहयोगसमेत समावेश गरिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्