निर्वाचन आयोगले गगन–विश्व समूहलाई रुख र चार तारा रहेको नेपाली कांग्रेसको मान्यता दिएको छ । यो समूहले आयोजना गरेको विशेष महाधिवेशनलाई आष्योगले कानून र विधानसम्मत मान्यता दिएको हो ।
आयोगको शुक्रबार (आज) बसेको बैठकले यो निर्णय गरेसँगै बिगतको पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस भने नियमविपरीत भन्दै आन्दोलनमा जाने बताउँदै आएको छ ।
आयोगले बिशेष महाधिवशेनबाट निर्वाचित नयाँ समितिलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा समूहको कार्यसमिति अमान्य भएको छ। देउवा पक्ष भने अब सर्वाेच्च अदालत जाने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्