प्रहरी प्रधान कार्यालयले २० जना डीएसपीको काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले डीएसपीको सरुवा गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार चार जिल्लाका डीएसपी फेरिएका छन् । भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, अछाममा ओम प्रकाश खनाल र बझाङमा खगेन्द्र धमलालाई जिम्मेवारी दिइएको छ ।
भोजपुरमा कार्यरत युवराज तिमल्सिनालाई नक्साल स्थित सशस्त्र प्रहरी गण नम्बर–१, कास्कीको वडा प्रहरी कार्यालय बैदाममा नवराज भट्टराई, मोरङको इलाका प्रहरी कार्यालय पथरीमा तुल्सीराम अर्याल र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा रुपा लावुङलाई पठाइएको छ ।
सिंहदबार सुरक्षा गणमा सिद्धराज न्यौपाने, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा कृष्ण ओझालाई खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्