Advertisement GIF
२७ बुंदे सहमति कार्यान्वयन नभए आन्दोलनमा जानुको विकलप छैन :नेपाल शिक्षक महासङ्घ

नेपाल शिक्षक महासंघले सरकारसित भएको २७ बुंदे सहमति कार्यान्वयन नभए आन्दोलनमा जानुको विकल्प नभएको जनाएको छ । शुक्रबार (आज) राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘ २७ बुंदे हाम्रो आधार रेखा हो, यो पालना नभए आन्दोलनमा जानेछौं ।’

महासंघले अस्थायी, राहत, स्थायी शिक्षकदेखि विद्यालय कर्म्चारीसम्म सबैका समस्याप्रति समान चासो राखेको भन्दै कुनै पक्षलाई बेवास्ता नगरिएको अध्यक्ष सुवेदीको दावी छ । उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमति मन्त्रालयले नै पालना नगरेकोले समस्या भएको दावी गरे । महासंघले देशमा ८९ दिन र राजधानी केन्द्रीत २९ दिन आन्दोलन गरेपछि सरकारले वार्ता टोली बनाएको र वार्तापछि सहमति भएको थियो । गत चैत १५ गतेबाट आन्दोलन सुरु गरेर वैशाख १७ गते सरकार र महासंघबीच भएको सहमति भएको थियो ।

वर्षमा करिव ८ हजार शिक्षक सेवा निवृत्त हुने भन्दै रिक्त भएका दरबन्दीमा नयाँ जनशक्ति आउने र आइरहेको पनि महासंघले जनाएको छ । महासंघले यही साउन २१ गतेभित्र मागहरु सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।