Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ६ बुधबार, १०:०४ अपराह्न
सेनाले लियो खाँदबारी कारागारको सुरक्षा जिम्मा

संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाको इन्द्र दल गुल्मले लिएको छ । सेनाको एक युनिट अब कारागार सुरक्षामा कारागारमै रहने भएको हो ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रहरी निर्वाचनमा खटिने भएकोले कारागारको सुरक्षा सेनाको जिम्मामा दिएको हो । जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेसँगै सेना कारागारको सुरक्षामा खटिसकेको छ । सेना खटिनुअघि कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दै आएको थियो ।