Advertisement GIF
संसदीय सुनुवाइ समिति   सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित

संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् । यो समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त पदमा खतिवडाको मात्र उमेद्वारी परेको हो ।

यो समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा शुक्रबार (आज) बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरियो ।

खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए । कुलिङ पिरियडको विषयमा भएको बबण्डरमा मुसिएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए।