काठमाडौँ — संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लिबियास्थित ‘युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया’ (UNSMIL) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्यहाँ कार्यरत नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फालाई बदली गर्नका लागि गुरूबक्स गुल्म (शान्ति सेना) आठौँ डफ्फाका ४१ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली मिति २०८३ ज्येष्ठ २८ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
यसका साथै, उक्त मिसनमा आफ्नो सफल कार्यकाल सम्पन्न गरेका ४८ जना नेपाली शान्ति सैनिकहरू आजै स्वदेश फिर्ता भएका छन्। नेपाली सेनाका अनुसार हाल उक्त UNSMIL मिसनमा नेपालका तर्फबाट १६८ जना शान्ति सैनिकहरू निरन्तर कार्यरत रहेका छन्।
प्रतिक्रिया दिनुहोस्