मोरङको रतुवामाइ क्षेत्रमा प्रहरीले लागुऔषध तस्करीमा संलग्न एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रतुवामाइ नगरपालिका–१ का २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले हटिया क्षेत्रमा निगरानी बढाएको थियो। सो क्रममा भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेको आशंकामा उनलाई रोक्न खोज्दा मियाँले मोटरसाइकलसहित भाग्ने प्रयास गरेका थिए।
प्रहरीले नियन्त्रणमा लिन चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेपछि उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ। उनी सवार भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्