Advertisement GIF
नेपाली ग्लोबल इन्टरनेशनलका अध्यक्ष अमृत लामा काठमाडौंको मेयरका दावेदार

हामी नेपाली ग्लोबल इन्टरनेशनल संस्थाका अध्यक्ष एवं चिरपरिचित व्यक्तित्व अमृत लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट काठमाडौँ महानगरको चुनावी मैदानमा उत्रिनने तयारीमा हुनुहुन्छ । चलचित्र क्षेत्रदेखि समाजसेवाको यात्रासम्म आफूलाई अब्बल सावित गर्दै आउनु भएका लामा यतिबेला काठमाडौँको मुहार फेर्ने संकल्पका साथ अगाडि बढेको बताउनु हुन्छ ।

नेपाली सिने जगतममा पापी, ताल, झाँक्री र रणसंग्रामजस्ता सफल र चर्चित चलचित्रहरूका नायक लामाको पहिचान पर्दामा मात्र सीमित छैन। उहाँ देश र विदेशमा रहेका हरेक नेपालीका लागि एक वास्तविक हिरोको रूपमा परिचित हुनुहुन्छ। जुनसुकै देशमा रहेका नेपालीलाई समस्या पर्दा आर्थिक, नैतिक र भौतिक सहयोग पुर्‍याउन उहाँ सदैव अग्रपङ्क्तिमा रहँदै आउनुभएको छ।

२०७२ को विनाशकारी भूकम्पका बेला खाद्यान्न, बासस्थान र आर्थिक सहयोग जुटाउन सक्रिय लामाले कोभिड–१९ को महामारीमा पनि काठमाडौँ र सिन्धुपाल्चोक क्षेत्रमा औषधि उपचारका लागि ठूलो आर्थिक सहयोग गर्नुका साथै आफैँ प्रत्यक्ष रूपमा सेवामा खटिनुभएको थियो।

अहिले काठमाडौँलाई केवल आश्वासन होइन, स्पष्ट भिजन र परिवर्तन चाहिएको छ। अमृत लामाले काठमाडौँको विकासका लागि शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ। हरेक नागरिकलाई गुणस्तरीय शिक्षा र युवाहरूलाई स्वरोजगारसँग जोड्ने उहाँको स्पष्ट योजना रहेको छ।

क्षणिक लोभ र प्रलोभनमा नपरी आफ्नो र भावी पुस्ताको उज्ज्वल भविष्यका लागि एक योग्य, गतिशील र नयाँ सोच भएको उम्मेदवारलाई जिताउनु आजको आवश्यकता हो। काठमाडौँको कायापलट गर्न र समाजको वास्तविक सेवकलाई नेतृत्वमा पुर्‍याउन उहाँले आग्रह गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उहाँ काठमाडौंको मेयरमा दाबेदारका रुपमा रहनु भएको छ । प्राइमरी इलेक्सनमा आफू छनोट हुने उहाँको विश्सास छ ।