Advertisement GIF
भोटेकोशी बाढी : ९० मेगावाट विद्युत सञ्चालनमा, १११ मेगावाट उत्पादन गर्न समय लाग्ने

गत असार २४ गते चीनमा हिमताल फुटेर भोटेकोशीमा आएको बाढीले २ सय ६० मेगावाट क्षमताका विद्युत अयोजनामा क्षति पुग्यो । विद्युत उत्पादन गृहमै क्षति पुगेपछि केन्द्रीय प्रशारण लाइनमा जोडिएका क्षतिग्रष्त आयोजनाको तीव्रगतिमा मर्मत भइरहेको छ । बाढीको केही दिनमै चिलिमे, त्रिशूली, देवीघाट, सूर्यकुण्ड, बुद्धभूमिसमेतका आयोजना मर्मत गरेर ९० मेगावाट क्षमताबरावर सञ्चालनमा आइसकेको ऊर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काको भनाइ छ ।

६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली (३ए) जलविद्युत आयोजना केही दिन भित्र सञ्चालनमा ल्याइँदैछ भने सबभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना संचालनमा ल्याउन केही महिना लाग्ने मन्त्रालयको भनाइ छ ।

यो बाढीले १११ मेगावाट क्षमताको रसुवागढी, २२ मेगावाटको चिलिमे, ६० मेगाको माथिल्लो त्रिशूली(३ए), २१ मेगावाटकोे त्रिशूली जलविद्युत, १४ मेगावाटको देवीघाट, १४ दशमलव ३ मेगावाटको मैलुङ जलविद्युत आयोजनामा क्षति पुगेको थियो ।

‘रन द रिभर’ प्रणालीबाट विजुली उत्पादन हुने भएकोले वर्षा समयमा खोलामा पानीको बहाव् उच्च छ । जसकै कारण रसुवा, नुवाकोट क्षेत्रका जलविद्युत आयोजनामा बाढीले क्षति पुगेर उत्पादन बन्द हुँदा पनि लोडसेडिङको मार खेप्नु परेको छैन ।

देशमा अहिले ३८७८ मेगावाट क्षमतामा विजुली उत्पादन हुन्छ । सन् २०३५ सम्ममा वृद्धि गरेर २८५०० मेगावाट पु¥याउने सरकारको तयारी छ । जसमध्ये १५ हजार मेगावाट भारत र बंगलादेशलाई त्रिक्री गर्ने तथा १३ हजार ५ सय मेगावाट देशमा प्रयोग गर्ने तयारी छ ।