सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । आझाको नियुक्तिसँगै उनको प्राधिकरणमा अध्यक्ष हुने योग्यता नपुगेको भनेर उजुरी परेका थिए ।
सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानविन गर्न समिति गठन गरेको थियो । त्यो समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले पदमुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्