Advertisement GIF
कल्पवृक्ष
माघ १९ आइतबार, ११:३२ पूर्वाह्न
सुनको मूल्य तीन लाखमा झर्यो

निरन्तर मूल्य बढेर नयाँनयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार (आज) घटेर ३ लाख रुपैयाँ कायम भएको छ ।

सुनचाँदी व्यवसायीहरुका अनुसर सुनको मूल्य एकै दिन १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपेयाँ कायम भएको हो । चाँदी पनि मूल्य घटेर प्रतितोला ५ हजार ५ सय रुपेयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ र चाँदीको ७ हजार ६५ रपेयाँ कायम भएको थियो ।

विश्वमा अशान्ति बढेको, लगानी गर्ने अवसरहरु अन्य क्षेत्रमा नदेखिएको जस्ता कारण सुनको मूल्य वृद्धि भइरहेको हो ।