नेपाल तरुण दलले याङवरक गाउँपालिकाबाट यस वर्षको एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने छात्रछात्रालाई सम्मान गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४३ औं स्मृति दिवशको अवसरमा याङवरक पालिकामाबाट उत्कृष्ठ अंक ल्याएर एसईई उतीर्ण गर्ने छात्रा आकृति न्यौपाने र छात्रतर्फ विदुर कोईरालासमेत सम्मानित भएका हुन् ।
सम्मानित हुने अन्यमा विष्णु माविकी तागेराहाङ वेघा र सिता प्याकुरेल, वुद्ध माविका टिका सिवाकोटी र भुमिका सिवाकोटी, नारायणी माविका लक्ष्मी वेघा र अनिता वेघा रहेको तरुण दल पाँचथर अध्यक्ष सुमन लामाले जानकारी दिनु भयो । यस्तै गुप्तेश्वर माविका दिपक सेलिङ्ग र सिखा नुगो, थर्पु माविका आकृति न्यौपाने, विदुर कोइराला, नविन अधिकारी र पृत काम्वाङ, गणेश माविका दिपेश सापकोटा र अनिता भारती, शिरीषे माविका स्नेहा काम्बाङ र विकल्प तावा रहेको अध्यक्ष लामाको भनाइ छ ।
सम्मान कार्यक्रममा नेपाली कांग्रेस पूर्व उपसभापति राजेन्द्र तिम्सिना, नेपाल तरुण दलका जिल्ला उपसभापति सविन मावो, नेपाली कांग्रेस जिल्ला सदस्य मुविन योङया र याङवरक गाउ पालिका सभापति शेरबहादुर नुगो, दलका जिल्ला अध्यक्ष लामा, याङवरक गाउँपालिका अध्यक्ष सावारहाङ मावोसमेतले उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्