इरानमा इजरायलले गरेको आक्रमणमा ५३ जना विद्यार्थी मारिएका छन् । इरानको सरकारी समाचार एजेन्सीका अनुसार एउटा छात्राहरूको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको हो ।
शिक्षा मन्त्रालयका अनुसार शनिबार उक्त विद्यालयमा ‘तीनवटा क्षेप्यास्त्र आक्रमण भएका थिए । यस आक्रमणमा ६३ जना घाइते भएको बताइन्छ ।
अलजजिराले भने दक्षिणी होर्मोज्गान प्रान्तको मिनाबमा रहेको छात्राहरूको प्राथमिक विद्यालयमा इजरायलले गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या अहिले ८५ पुगेको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्