सरकारी छाप दुरुपयोग गर्दै नक्कली जग्गाधनी पुर्जा बनाएर वितरण गरेका मालपोत कार्यालय, बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् । उनलाई प्रहरीले सरकारी छापको दुरुपयोग गरेर नक्कली जग्गाधनी जारी गरेको आरोपमा पक्राउ गरेको हो ।
उनीसँगै सहयोगी सञ्जयकुमार केवटलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मोटो रकम लिएर नक्कली कागजात बनाएर जग्गा वितरण गरेको यो प्रकरणमा अन्य केही फरार रहेको प्रहरीले जनाएको छ । सरकारी जग्गालाई नक्कली स्रेस्ता बनाएर वितरण गर्ने यो समूहका अन्य सदस्यको खोजी भइरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्