आफ्नो घर कहिले भोजपुर त कहिले दमक बताउने करिव ४१ वर्षका विष्णुजंग बस्नेतको ठगीका प्रकरण दैनिकजसो आउन थालेका छन् ।
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, नागरिक बचाऊ महाअभियानमा आवद्ध भएर केही समय काम गरेका बस्नेतको ठगी धन्दाको जानकारी पाएपछि गत असारमा महाअभियानले हटाएको थियो । उनी २०७९ मंसिरदेखि महाअभियानमा आवद्ध थिए ।
अभियानमा आवद्ध भएकै समयमा हिरासतबाट मुक्त गराउने, बिदेश पठाउने, मुद्धा मिलाउने, जागिर खुवाउनेजस्ता काम गरिदिने प्रलोभनमा पारेर ठगीका धन्दा चलाउने उनको दैनिकी थियो । त्यो बुझेर महाअभियानले उनलाई हटाएको महाअभियानमा आवद्ध देवि संग्रोलाको भनाइ छ ।
जाँडरक्सी र तरुनी भनेपछि मरिहत्ते गर्ने बस्नेतका ठगीका प्रकरण दैनिकजसो सामाजिक सञ्जालमा आउन थालेका छन् । उनी भक्तपुर बस्ने गरेको बुझिएको छ । र, बिचौलिया नै भएर राजधानीमा रवाफका साथ ठगी गर्दा पनि प्रहरीबाट भने बच्दै आएको उनका ठगीका धन्दाका विषयमा जानकार युवाहरुको भनाइ छ ।
महाअभियानले युवा तथा खेलकुद विभाग प्रम्खको जिम्मा दिए पनि ठगी र महाअभियानलाई बद्नाम गर्दै हिडेकै कारण उनी बर्खास्तीमा परेका थिए । ‘बस्नेतको ठगी लिला अब सकियो, उनको बास हिरासतमै हो ।’– उनीसित परिचित एक युवाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्