Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १ शुक्रबार, ६:१४ अपराह्न
सीमा क्षेत्रको अनुगमनमा सशस्त्र एआइजी दाहाल

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बंशीराज दाहालले कञ्चनपुर जिल्लाको गड्डाचौकी र कैलाली जिल्लाको त्रिनगर नाकाको अनुगमन गरेका छन् । अनुगमनका क्रममा अतिरिक्त महानिरीक्षक दाहालले सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी कर्मचारी हरुलाई त्रुटिरहित तवरले कार्य गर्न निर्देशन दिएका छन् । त्यसका लागि सरोकारवाला निकायसँग निरन्तर समन्वय, सूचना प्राप्ति, बिष्लेषण र सोहीअनुसारको सुरक्षा व्यवस्थामा जोड दिनसमेत निर्देशन दिएका छन् ।

उनले कञ्चनपुर र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी कार्य गर्न उच्च स्तरको समन्वय गर्नुपर्नेमा जोड दिएका थिए । निर्वाचन अवधीभर उच्च सतर्कता सूचना संकलन तथा विश्लेषणलाई प्रभावकारी बनाउन र कुनै पनिअप्रिय घटना हुन नदिन उत्कृट तवरले कार्यगर्न निर्देशन दिए । अतिरिक्त महानिरीक्षक दाहालले निर्वाचन सुरक्षा संवैदनशील बिषय भएकोले जिम्मेवारी निर्वाह गर्दा ब्यवसायिकता, अनुशासन र निश्पक्षता कायम राख्नसमेत जोड दिए ।

छलफलका क्रममा कञ्चनपुर र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी क्रमश मदन कोइराला र हिरालाल रेग्मीले निर्वाचन सुरक्षाको तयारीको सम्बन्धमा अतिरिक्त महानिरीक्षक दाहालसँग छलफल गरेका थिए ।

लगत अनुगमनमा कैलाली र कञ्चनपुर जिल्लाका इकाई प्रमुखहरुलाई निर्देशन दिँदै सशस्त्र प्रहरी बल नेपाल बैधनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिगविजय सुवेदीले निर्वाचन सुरक्षा, सीमा सुरक्षा एवम् राजश्व चुहावट नियन्त्रण गर्न कडाईका साथ कार्य गर्न निर्देशन दिए । निमित्त बाहिनीपति सुवेदीले निर्वाचन सुरक्षामा समन्वयात्मक रुपमा कार्य गर्न र राजश्व चुहावट नियन्त्रणमा सक्रिय भई चोरी तस्करी नियन्त्रणको कार्यमा शून्य सहनशीलता अपनाई कार्य गर्न समेत निर्देशन दिए । स्थलगत निरीक्षणका क्रममा कैलाली र कञ्चनपुरका गणपति क्रमश खुम केसी र प्रेम सिग्देलसमेत उपस्थित थिए ।