आगामी वर्ष २०८३ मा व्रतबन्धका १३ र विवाहका ४१ वटा शुभ मुहुर्त रहेका छन् । आर्यावर्तपञ्चाङ्गम् –२०८३ का अनुसार व्रतबन्धका लागि वैशाख २०, २१ र २३ गते, असार १०, माघ २५, फागुन १०, १३ र २६ र चैत ३, ४, १०, २५ र २८ गते शुभ दिन रहेका छन् । यो पञ्चाङ्ग निर्माता तथा प्रकाशक सनातन वैदिक ज्ञान विज्ञान केन्द्रका निर्देशक डा वाशुदेवकृष्ण शास्त्रीका अनुसार विवाहका लागि भने ४१ दिन शुभ छन् ।
विवाहका लागि वैशाखमा ८, असारमा ७ दिन, मंसिरमा ८ दिन, माघमा ६ दिन र फागुनमा १२ दिन शुभ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्