Advertisement GIF
कल्पवृक्ष
असार २७ शुक्रबार, ११:१५ पूर्वाह्न
राजधानीमा ध्वनी प्रदुषण कम गर्न ट्राफिकको आग्रह

राजधानी उपत्यकामा सवारी साधानहरुले अनावश्यक हर्न बजाउने गरेको भन्दै गुनासा आउन थालेका छन् । यस्ता गुनासा आउन थालेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनावश्यक हर्न नबजाउन सर्वसाधारणमा आग्रह गरेको छ । ‘अनावश्यक हर्न बजाई ध्वनी प्रदुषण बढेको जनगुनासो प्राप्‍त हुन आएको साथै लाखौँ सवारी साधन सञ्चालन हुने काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाउदा ध्वनी प्रदुषण भइ जेष्ठ नागरिक, बालबालकिका तथा सर्वसाधरणमा गम्भीर असर पर्ने भएको हुदा अत्यावश्यक तथा विशेष परिस्थितीमा बाहेक हर्न प्रयोग नगर्नुहुन अनुरोध गर्दछौं ।’– कार्यालयले भनेको छ ।

कार्यालयले अनावश्यक हर्न बजाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (१) ३ बमोजिम ध्वनी प्रदुषण गर्न नहुने व्यवस्था बमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।