नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले हालै बढुवा भएका तीन जना सहायक रथीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधान सेनापति सिग्देलले नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ वैशाख १० गतेको निर्णयअनुसार बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।
पदोन्नति हुने उपरथीमा प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्तिजंग बस्नेत रहेका छन् । दर्ज्यानी चिन्ह प्रदान गर्ने उक्त कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीवृन्द, अन्य उच्च अधिकृतहरूका साथै पदोन्नति भएका उपरथीहरुका परिवारको समेत उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्