ललितपुरको कोञ्जोसोम गाउँपालिका–१, बाउनडाँडामा शुक्रबार राति मिनीट्रक दुर्घटना भएको छ । बालुवा बोकेको प्रदेश ०१–००४क ६२२८ नम्बरको मिनीट्रक दुर्घटनामा परेर चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिनीट्रकका चालक ललितपुर गोदावरी नगरपालिकाका ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार स्थानीय ४२ वर्षीय गणेश थापाको घटनास्थलमै तथा ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको पाटन अस्पतालमा मृत्यु भएको हो । यो मिनीट्रक सडकबाट करिव ५ सय मिटर तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस्