सरकारमा दुई जना मन्त्री थपिने भएका छन् । रास्वपाबाट सांसद गौरीकुमारी यादव र रामजी यादव मन्त्री बन्ने भएका हुन् । श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भैसकेको छ ।
श्रममन्त्री दिपक साह विवादमा मुसिएपछि उनलाई हटाइएको थियो । उद्योग मन्त्रालय भने प्रधानमन्त्री बालेनले नै सम्हाल्दै आएका थिए । रामजी सप्तरी क्षेत्र नम्बर २ र गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्