महाशिवरात्रि र २६३औँ सेना दिवसको अवसरमा ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नाराका साथ बिग्रेड म्याराथन – २०८२ नुवाकोटमा सम्पन्न भएको छ । नेपाली सेनाको नम्बर ६ बाहिनी अड्डासमेत रसुवा, नुवाकोट र धादिङ जिल्लामा तैनाथ युनिटहरूको सहभागितामा यो म्याराथन सम्पन्न भएको हो । यो दौड धादिङ जिल्लाको भर्याङभुरुङबाट सुरु भएर रसुवा जिल्लाको बेत्रावतीहुँदै ऐतिहासिक नुवाकोट दरबारमा समापन भएको ६ नम्बर बाहिनीले जनाएको छ ।
सेनाका अनुसार यो कार्यक्रम सेनाको गौरवशाली इतिहासको जगेर्ना तथा निकट भविष्यमा सम्पन्न हुन गइरहेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने उद्देश्य लिएर सञ्चालन गरिएको हो ।
दौडको समापनमा नम्बर ६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी सुवासजंग थापाले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले एकीकरणको दौरान स्थापित पांच पल्टनमध्ये ज्येष्ठ पल्टन श्रीनाथ कम्पु (हाल श्रीनाथ गण) को स्थापनाकालसँगै नेपाली सेनाको इतिहास जोडिएको र नेपाली सेनाको विकासक्रमसँगै शान्ति स्थापना, विपद् व्यबस्थापन, प्रकृति संरक्षण, विकाश निर्माणलगायतका क्षेत्रमा गौरवमय ऐतिहासिक गाथा बोकेको बताउनु भयो । उहाँले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसफलतापूर्वक सम्पन्न गर्न उदहारणीय तथा पेशेवर भएर कार्य सम्पादन गर्न निर्देशन पनि दिनु भयो।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरी प्रधान सेनापति प्रशंसा निशान – २०८२ प्राप्त गर्न सफल सकलदर्जालाई बाहिनिपति थपाबाट निसानद्वारा सुशोभन गरिएको थियो। कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत अन्य सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्