नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेईबीच आज (बिहीबार) महावाणिज्यदूतावास कार्यालयमा भेटघाट र वार्ता भएको छ । यो भेटका अवसरमा नेपाल चीनबीच सदिऔंदेखि कायम रहेको मैत्रीपूर्ण सम्वन्धका विविध पक्षमा चर्चा भएको ल्हासास्थित नेपाली दूतावासले जनाएको छ ।
भेटमा यी दुई देशबीच कायम प्राज्ञिक, सामाजिक र सांस्कृतिक सम्वन्धलार्र्इ अझ बलियो बनाउन क्रियाशील रहने, दुई देशका प्राज्ञ, सञ्चारकर्मी र संस्कृतिकर्मीहरुबीचको सम्बन्ध स्थापित गर्दै निरन्तरता दिने, सीमा क्षेत्रका युवाहरुबीच सहकार्य स्थापित गर्नेजस्ता विषयमा छलफल भएको थियो ।
सो अवसरमा दुई देशका विश्वविद्यालय र शैक्षिक संस्थाहरुबीच अनुभव आदान प्रदान गर्ने र एक अर्काको संस्कृति प्रबर्द्धनका लागि पहल गर्ने कुराकानीसमेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्