Advertisement GIF
कल्पवृक्ष
भाद्र ४ बुधबार, ८:४० पूर्वाह्न
एमाले संखुवासभाले कार्यालय भवन निर्माण गर्ने

नेकपा एमाले संखुवासभाले यसै वर्ष करिव १ करोड रुपैयाँमा पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ। खाँदबारी चोकमा रहेको भवन जीर्ण बनेपछि नयाँ भवन बनाउन लागिएको एमाले संखुवासभा अध्यक्ष खड्गबहादुर राईले जानकारी दिनु भयो। पार्टी कमिटीको छैटौं पूर्ण बैठकले यो निर्णय गरेको हो । पार्टीले तय गरेको कार्ययोजनमा २०८३ को असार भित्रमा करिब १ करोडको लागतमा भवन निर्माण सम्पन्न गर्ने र भवन निर्माणका लागि पार्टी सदस्यहरुबाट सहयोग संकलन अभियान तथा देउसीभैलोसमेत खेल्ने तयारी गरिएको प्रचार बिभाग प्रमुख नविन दाहालले बताउनु भयो।

बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय गौरवको पद सम्मानित राष्ट्रपति भैसकेको मान्छे पार्टीको सदस्य भएर काम गर्न नमिल्ने बताउनु भयो । एमालेको यही भदौ २० गतेबाट सुरु हुने बिधान महाधिवेशनमा जिल्लाबाट १४ जना प्रतिनिधि सहभागी हुनेछन्।
बैठकमा केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपानेले अन्तरपार्टी निर्देशनको महत्व र दशौं राष्ट्रिय महाधिवेशनको उपलब्धीबारे प्रष्ट पार्नुभयो । कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, जिल्ला अध्यक्ष राईसमेतले धारणा राख्नु भएको थियो ।