Advertisement GIF
कल्पवृक्ष
चैत्र २५ बुधबार, ९:०४ अपराह्न
धमाधम भूतपूर्व सैनिक सम्मेलन

भूतपूर्व सैनिक सम्मेलन–२०८२ को दोस्रो चरण नेपाली सेनाले पश्चिम पृतना अन्तर्गतका विभिन्न जिल्लामा सम्पन्न गरेको छ।

मुख्य कार्यक्रम नं ३ बाहिनी अड्डा, खरेनीटारमा आयोजना गरिएको थियो, जहाँ प्रधान सेनापति अशोकराज सिग्देलसहित उच्च सैनिक अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब १० हजार भूतपूर्व सैनिक तथा उनीहरूका परिवारजन सहभागी भएका थिए।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा गरिएको यस सम्मेलनको उद्देश्य भूतपूर्व सैनिकसँग सम्बन्ध सुदृढ बनाउने, सेवा तथा सुविधाबारे जानकारी आदान–प्रदान गर्ने र कल्याणकारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने रहेको जनाइएको छ।

कार्यक्रममा भूतपूर्व सैनिक तथा महिला सहभागीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट उद्यमीलाई पुरस्कार प्रदान गरिएको थियो। साथै शारीरिक रूपमा असहज अवस्थाका १३ जना भूतपूर्व सैनिकलाई ह्वीलचेयर र बैसाखी वितरण गरिएको छ। सम्मेलनको तेस्रो तथा अन्तिम चरण वैशाख ३ र ४ गते मध्य पूर्वी पृतना अन्तर्गतका जिल्लामा आयोजना हुने नेपाली सेनाले जनाएको छ।