निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । र, यो बढ्नेक्रममै रहेको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको थियो । सोमबार (आज) बिहानको मापनमा पनि बहाव उच्च नै रहेर प्रतिसेकेण्ड एक लाख ७५ हजार ६८५ क्यूसेक पुगेको छ । नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये २३ वटा ढोका खोलिएको छ ।
नदीमा एक लाख ५० हजार क्यूसेकभन्दा बढी बहाव भएपछि खतरा मानिन्छ । ब्यारेज कन्ट्रोल रुमले रातो बत्ती बालेर खतराको संकेट दिइरहेको छ । सुरक्षाकर्मीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्