राजधानी काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको दछ । दुर्घटनामा परेका ३३ जना उपचाररत छन् । गत बुधबार बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका करिव ६० वर्षीय अर्जुन लामिछाने, बाँकेको कोहलपुर नगरपालिका– ५ का ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ कि ५१ वर्षीया इन्दिरा लिम्बवू, सिराहाकी ५५ वर्षीया शान्ति गुप्ता र पाँचथरका ६५ वर्षीय देवेन्द्र लिम्बूको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्