रामेछापमा भएको गाडी दुर्घटनामा निर्वाचनमा खटिएका मतदान अधिकृत र एक प्रहरी सहायक निरीक्षकसमेत दुई जनाको मृत्यु भएको छ । सात जना घाइते छन् ।
जिल्लाको रामेछाप नगरपालिका–२, सिरुबारीमा तीन दिनपछि हुने निर्वाचनका लागि मतदान सामग्री र कर्मचारी लिएर गएको ना७ख ६७६८ नम्बरको गाडी सोमबार दुर्घटनामा पर्दा मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको हो ।
असई यादवको घटनास्थलमै र निर्वाचन अधिकृत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । गम्भीर घाइते ७ जना (महिला ३, पुरुष ४) जनालाई नेपाली सेनाले काठमाडौँ ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्