Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १ बिहीबार, ८:४८ पूर्वाह्न
शंखरापुर बस दुर्घटना : ३ को मृत्यु, ४० जना घाइते

राजधानीको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ३ जना विद्यार्थीको मृत्यु भएको छ भने ४० जना घाइते छन् ।

चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बस बुधबार दिउँसो नगरकोटबाट काठमाडौंतर्फ आउने क्रममा कात्तिकेनजिकै दुर्घटनामा परेको थियो । प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार उपचारका क्रममा ३ जना विद्यार्थीको मृत्यु भएको हो ।

मोरङको उर्लाबारी– ७ का ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी–७ का २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोकका १४ वर्षीया शुशांका डोटेल को मृत्यु भएको हो । यो दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइतेहरूको राजधानीका अस्पतालहरुमा उपचार भइरहेको छ ।