Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १७ आइतबार, ९:०६ पूर्वाह्न
फेरि पक्राउ परे प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज (आइतबार) बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो। बिहान ६ बजेदेखि नै प्रहरी टोली निवास वरिपरि तैनाथ रहेको थियो। पौने आठ बजेतिर पक्राउ पुर्जी थमाई प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ पक्राउ गरिएको उल्लेख छ। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

प्रसाईं यसअघि ४ फागुनमा काठमाडौंबाट पक्राउ परेका थिए। पछि उनकी पत्नी उमा प्रसाईंले गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालत का न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले १३ फागुनमा थुनामुक्त गर्न आदेश दिएको थियो।