महोत्तरीमा सामान्य देखिएको मोटरसाइकल दुर्घटनाले भीषण रूप लिँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । एकडारा गाउँपालिकामा दुई मोटरसाइकल ठोक्किएलगत्तै भएको आगलागीले घटनास्थलमै उनीहरू जलेर मृत्यु भएको हो।
जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहा गाउँमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए। ठोक्किएलगत्तै दुवै सवारीमा आगो लाग्दा दुर्घटना सामान्य रहेन, क्षणभरमै भयावह बन्यो।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटनाको सबैभन्दा पीडादायी पक्ष भनेको मृतकहरूको पहिचान अझै खुल्न नसक्नु हो। मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नदेखिने अवस्थामा पुगेको छ, जसले पहिचान प्रक्रियामा थप चुनौती सिर्जना गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्