Advertisement GIF

भारतको मुम्बइमा रहेको एबीएम भन्ने संस्थाले तीन वर्षदेखि आइकन व्यक्ति छनोट गरेर सम्मान गर्दै आएको छ । म यो संंस्थाको टिममा छु । अर्गनाइजर खोजेर संस्थाले नेपालका विविध क्षेत्रमा योगदान दिने ६० जनालाई वर्सेनी सम्मान गर्दै आएको छ । यसको सबै खर्च भारतबाट स्पोन्सर लिएर गर्दै आएका छौं । हाम्रो देशमा हालै तेस्रो आइकन छनोट र पुरस्कार वितरण गरिएको छ ।

पछिल्लो समय खेलकुद क्षेत्र विवादका कारण सर्वत्र आलोचित छ । राजनीतिक दलको भागबण्डामा खेलकुदमन्त्री र गैर खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्मा भर्ति गर्ने चलनले परिपद्मा आवद्ध धेरै संघ तथा संगठन धारासायी बन्दै गएका छन् । यसै देश खेलकुदको क्षेत्रमा पछिपरिरहेको समयमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसमेतका दलले भागबण्डामा आफ्ना कार्यकर्तालाई परिषद्मा जागिर खान पठाएपछि विवादको भुमरीमा खेलकुद क्षेत्र परेको सबैको ठम्याइ छ । यसै पेरिफेरीमा विश्वका ३५ देशमा ते क्वान दो खेलेर २५ स्वर्ण, ५ रजत र ३ कास्य पदक विजेता बन्नु भएका देशको पश्चिम कञ्जनपुर जिल्लाको भिमदत्त नगरपालिका– २ स्थायी बसोबास भएका करनबहादुर चन्दसित गरिएको कुराकानीको संपादित अंश ।

तपाईँको परिचय ?
म कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका– २ मा जन्मेको हुँ । आमा चन्द्रदेवि र बुबा जयबहादुर चन्दको माइलो छोरो हुँ । मैले गाउँकै लक्ष्मी माविबाट एसएलसी र प्लस टु पढें । जनज्योति क्याम्पसबाट स्नातक गरें । ८ वर्षको उमेरदेखि निरन्तर खेलकुदमै लागिरहेको छु ।

खेलकुद क्षेत्रमा कसरी आवद्ध हुनु भयो ?
मेरो काका उत्तमबहादुर चन्द कराँतेको राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो । उहाँले खेलकुदमा लाग्नु पर्छ भनेर हौस्याउनु भयो । अनि म कराँते सिक्न थाले ं। मैले कराँते सिक्न थाल्दा ८ वर्षको थिएँ ।

कराँते कति वर्ष खेल्नु भयो ?
मैले कराँते केही वर्ष खेले र पाँचौं उपाधि लिएँ । त्यसपछि ते क्वान दो तर्फ खेल्न थालें ।

अनि ते क्वान दो मा कति खेल्नु भयो ?
म २० वर्षदेखि ते क्वान दो खेलिरहेको छु । मेले यो खेलमा चौथो उपाधि लिएको छु अर्थात चार डान पाएको छु । म ते क्वान दो खेल्ने, खेल्न सिकाउने र जर्ज पनि बस्ने गर्दै आएको छु ।

अहिलेसम्म कति देशमा खेल्नु भयो ?
मैले अस्ट्रेलिया, मेक्सिको, बेलायत, जर्मन, फ्रान्स, स्पेन, बोल्गेरिया, दुवईसमेत ३५ देशमा खेलें । ती खेलमध्ये २५ वटा स्वर्ण जितें । ५ वटा कास्य र ३ वटा रजत पनि जितेको छु । यी पदक जित्दा मैले सबै बिदेशी खेलाडीलाई नै हराएको हुँ । म हेभीवेट समूहबाट अहिले पनि खेलिरहेको छु ।

अहिले के गर्दै हुनुहुन्छ ?
म भारत, अस्टे«ेलियातिर धेर बस्छु । खेल्ने, खेल्न सिकाउने र जर्ज बस्ने काममै व्यस्त रहन्छु । नर्बेमा तत्काल हुने कोचहरुको सम्मेलनका लागि नर्बे जाँदैछु ।

अनि कोचको काम कहाँ कहाँ गर्नु भयो ?
मैले दुवई प्रहरीमा २ वर्ष कोच गरें । मुम्बइमा १० वर्ष गरें । योक्रम जारी छ ।

देशमै करिव ३१ वर्षको उमेरमा यत्रो उपलब्धी हाँसिल गर्नु भएको छ, नेपाल सरकारलाई केही सुझाव छन् ?
छन् । देशमा खेलकुदको राम्रो विकास गर्ने हो भने खेलाडीलाई खेलकुदमन्त्री बनाउने, खेल बुझेका व्यक्तिलाई खेलकुद परिषद्को नेतृत्वमा पठाउने, खेलकुदका लागि पर्याप्त बजेटको व्यवस्था गर्नेजस्ता काम गर्नैपर्छ । यसो गरेको खण्डमा देशमा खेलकुदको समुचित विकास हुन्छ । भागबण्डामा खेलकुद क्षेत्रमा नियुक्ति गर्ने परम्परा हटाउन सक्नु पर्छ ।

तपाईँहरु देशमा आइकन व्यक्ति छनोट गरेर पुरस्कृत गर्नु हुन्छ, यो के हो ?
भारतको मुम्बइमा रहेको एबीएम भन्ने संस्थाले तीन वर्षदेखि आइकन व्यक्ति छनोट गरेर सम्मान गर्दै आएको छ । म यो संंस्थाको टिममा छु । अर्गनाइजर खोजेर संस्थाले नेपालका विविध क्षेत्रमा योगदान दिने ६० जनालाई वर्सेनी सम्मान गर्दै आएको छ । यसको सबै खर्च भारतबाट स्पोन्सर लिएर गर्दै आएका छौं । हाम्रो देशमा हालै तेस्रो आइकन छनोट र पुरस्कार वितरण गरिएको छ ।