Advertisement GIF
फाल्गुन ९ शनिबार, ९:४६ अपराह्न

गाई विश्वकी जननी (आमा) भनिएको छ । गाईले हामीलाई अमृततुल्य दूध प्रदान गरेर सुस्वास्थ्य दीर्घायु प्रदान गरेर लोकहीत गरेकी छन् । गाईको गहुँत, गोबर पनि त्यत्तिकै पवित्र मानिएको छ । जन्मदेखि मृत्युसम्म सम्पूर्ण संस्कारहरूमा गाईको दूध, गहुँत, गोबर सबै आवश्यक पर्दछ । गाईलाई अन्य प्राणीको तुलनामा एक सचेत प्राणीका रूपमा लिने गरिन्छ ।

यसको महत्त्व परापूर्वकालदेखि अहिलेसम्म पनि उत्तिकै रहेको छ । गाईको दूधलाई औषधिका रूपमा समेत प्रयोग गरिँदै आएको छ । बालबालिकाका लागि पनि आफ्नी आमाको दूधको विकल्पका रूपमा समेत गाईको दूध बढी पोषणयुक्त हुन्छ । पछिल्लो समय नेपालमा व्यावसायिक गाईपालन गर्ने क्रम बढेको छ । यसले एकातिर मानिसलाई रोजगारीको अवसर सृजना गरेको छ भने अर्कोतिर न्यून मात्रामा रहेको दूधको उपलब्धतालाई बढाइदिएको छ। यो वास्तवमै हाम्रा लागि गौरवको विषय हो ।

नेपालमा प्राप्त हुने लोपोन्मुख अवस्थामा रहेका गाइको संरक्षण आवश्यक रहेको छ । लोपोन्मुख गाइको वास्तविक प्रजातिको रक्षा गरेर नेपालको कृषि पशुपालन क्षेत्रको सर्वाङ्गीण विकास गर्न सकिन्छ । लोपोन्मुख अवस्थामा रहेका प्रजातिहरू नौ प्रकारका छन् ।

–डा वाशुदेवकृष्ण शास्त्री

ऋग्वेद, अथर्ववेदमा पशुपालन एवं पशु संवर्द्धनमा विशेष जोड दिइएको छ । अथर्ववेदका दुई सूक्त पशु संवर्द्धन एवं गौशाला (गोठ) सँग सम्बन्धित छन् । ऋग्वेदका अनुसार पशुको संवर्द्धनका लागि व्रज (गोठ) बनाऊ । व्रजं न पशुवर्धनाय । –ऋग्वेद ९.९४.१ ।

गोठमा यस्ता सुविधा उपलब्ध हुनुपर्छ, जसबाट गाई, घोडाआदि पशुहरूले आफूलाई आवश्यक वस्तु सहजै प्राप्त गर्न सकून् । शर्म सप्रथो गवेऽश्वाय यच्छत । –ऋग्वेद ८.३०.४ ।

यजुर्वेदमा गोठका लागि गोष्ठ शब्दको प्रयोग गरिएको छ । गोष्ठ –अथर्ववेद ३.१४.५ ।

पशु संवर्द्धन
वेदमा विभिन्न मन्त्रहरूमा पशुपालनसम्बन्धी लेखिएको छ – पशु आहाराका लागि सुन्दर व्यवस्था होस्, जसबाट उनीहरू हृष्टपुष्ट हुन सकून् । उनीहरू घाँस खाऊन् र शुद्ध पानी पिऊन् । घुम्नका लागि बाहिर जाऊन् र गोधनद्वारा श्रीवृद्धि होस् ।

पशु हत्या निषेध र मृत्युदण्डको व्यवस्था
वेदका धेरै मन्त्रमा पशु हत्या एवं गौहत्या निषेध गरिएको छ । यस्तो नीच कार्य गर्नेलाई दण्डनीय अपराधका रूपमा बताइएको छ । गाई एवं घोडालाई हानीनोक्सानी नपुर्याऊ । त्यसमा नै तिमीहरूको कल्याण छ । अथर्ववेदमा भनिएको छ – दुई पाउवाला एवं चार पाउवाला पशुपक्षीको हत्या नगर । यस्ता विषय यजुर्वेदमा पनि प्रशस्त ठाउँमा व्याख्या गरिएको छ । यदि कसैले गौहत्या गर्दछ भने त्यसलाई मृत्युदण्डको सजाय हुनुपर्नेसमेत वेदमा बताइएको छ । कौटिल्यको अर्थशास्त्रमा भनिएको छ – यदि कसैले गाईलाई स्वयम् मार्छ अर्थात् मार्न लगाउँछ भने त्यसलाई मृत्युदण्ड दिँदासमेत केही फरक पर्दैन ।

नेपालमा गाईपालन
गाई विश्वकी जननी (आमा) भनिएको छ । गाईले हामीलाई अमृततुल्य दूध प्रदान गरेर सुस्वास्थ्य दीर्घायु प्रदान गरेर लोकहीत गरेकी छन् । गाईको गहुँत, गोबर पनि त्यत्तिकै पवित्र मानिएको छ । जन्मदेखि मृत्युसम्म सम्पूर्ण संस्कारहरूमा गाईको दूध, गहुँत, गोबर सबै आवश्यक पर्दछ । गाईलाई अन्य प्राणीको तुलनामा एक सचेत प्राणीका रूपमा लिने गरिन्छ ।

यसको महत्त्व परापूर्वकालदेखि अहिलेसम्म पनि उत्तिकै रहेको छ । गाईको दूधलाई औषधिका रूपमा समेत प्रयोग गरिँदै आएको छ । बालबालिकाका लागि पनि आफ्नी आमाको दूधको विकल्पका रूपमा समेत गाईको दूध बढी पोषणयुक्त हुन्छ । पछिल्लो समय नेपालमा व्यावसायिक गाईपालन गर्ने क्रम बढेको छ । यसले एकातिर मानिसलाई रोजगारीको अवसर सृजना गरेको छ भने अर्कोतिर न्यून मात्रामा रहेको दूधको उपलब्धतालाई बढाइदिएको छ। यो वास्तवमै हाम्रा लागि गौरवको विषय हो ।

नेपालमा प्राप्त हुने लोपोन्मुख अवस्थामा रहेका गाइको संरक्षण आवश्यक रहेको छ । लोपोन्मुख गाइको वास्तविक प्रजातिको रक्षा गरेर नेपालको कृषि पशुपालन क्षेत्रको सर्वाङ्गीण विकास गर्न सकिन्छ । लोपोन्मुख अवस्थामा रहेका प्रजातिहरू नौ प्रकारका छन् ।

स्थानीय गाई
नेपालमा मूलतः ९ किसिमका स्थानीय गाई पाइन्छन् । यो विश्वमा पाइने ८ सय किसिमका स्थानीय गाईको १.१ प्रतिशत हो । यसको विवरण निम्नानुसार छ ।

१. नौमुठे (अछामी) गाई
पश्चिम नेपालको अछाम र छेउछाउका जिल्लामा मात्र पाइने खुरको समानान्तर मुठी राखेर त्यसमाथि अर्को मुठी राख्दै जाँदा पेटमा पुगेपछि नौ मुठी हुने हुँदा नौमुठे नाम रहेको हो । केही दशकयता वर्णशङ्कर उत्पादन भई यसको मूल नश्लको प्रजाति लोप हुने अवस्थामा पुगेको छ । अछामका लेकहरूमा मात्र फाट्टफुट्ट शुद्ध  वेदमा वर्णन भएको ब्राह्मी गाई यही नै हो । यो प्रजातिको रक्षा गरेर विश्वभरि दुर्लभ मानिने गाईको संरक्षण अत्यावश्यक देखिन्छ । नेपालको गौरव पनि यसैमा निहित छ ।

२. लुलु गाई
यो गाई मुस्ताङ जिल्लामा मात्र पाइन्छ। यसका तीन प्रजातिको वर्णशङ्करका रूपमा लुलु गाईको आनुवंशिकको विकास भएको कुरा विज्ञानले पुष्टि गरेको छ। बंस चाहिँ चौंरीगाई हो । युरोपेली मूलको लोप भइसकेको प्रजाति हो । शेयर बजारमा बुल भनी चित्रित गरिने गाईको अगाडि फर्केको ठाडो सिङ हुन्छ । यो त्यहीको नश्ल हो । अहिले पाइन्छ ।
यी गाईहरू यसका केही गुणसूत्र लिएका मात्र हुन्। यो लोप हुँदै छ र यसको नश्लमा परेको गुणसूत्र जोगाउन पनि लुलु संरक्षण गर्नुपर्ने जिम्मेवारी नेपालीको काँधमा आइपरेको छ

३. श्री गाई
यो गाईको दूध यज्ञमा प्रयोग हुन्छ । यज्ञमा श्रीप्राप्तिका लागि श्रीविद्या उपासना गर्दा श्री गाईको दूध र जौको चामल पकाएर खाने विधान गरिएको छ । नेपालको पूर्वीभागमा पाइने भिन्नै प्रकारको गाई हो । यसलाई लोप नै भइसकेको भनिएको छ । स्थानीय जानकार हरूका अनुसार ५० देखि १०० वटा सम्म पाउन सकिन्छ ।

सूचनाका आधारमा यसको संकलन र संरक्षण गर्न पूर्वी नेपालका जनसमुदाय उत्साहित हुनुपर्नेछ र श्रीसम्पत्ति प्राप्तिका लागि यो गाईको पालन गरेर सबैप्रकारका कल्याण प्राप्तहुनेछ ।

४. खैला गाई
यो नेपालका पहाडी गाउँघरमा पाइन्छ । यो प्रजातिको गाइ लोपोन्मुख स्थितिमा रहेको हुँदा संरक्षण आवश्यक छ । यो गाईको दूध अत्यन्तै पौष्टिक सुस्वाद र मधुर स्वादको हुन्छ । यो गाईको दूध अत्यन्त शक्तिवद्र्धक र घ्यू बनाएर नपुङ्सकलाई खुवायो भने उसले सन्तान उत्पादन गर्ने सामथ्र्य प्राप्त गर्दछ । महिलालाई सन्तान प्राप्तिमा अप्ठयारो छ भने यो गाईको घिउ शिवलिङ्गीको ३। पुत्रजीवक मिलाएर पाक बनाइ खायोभने सम्पूर्ण कष्ट निवारण हुन्छ । सन्तान वृद्धिका लागि उपयुक्त मानिएको छ ।

५. पहाडी गाई

पहाडी भेगमा पाइने यो गाई अत्यन्त दुधालु रहेको छ । यो गाई कैलो रङ्गको हुने हुँदा यज्ञ याज्ञादिमा पनि पवित्र मानिन्छ । यो कालो रङको स्थानीय प्रजाति हो । यो गाइको संरक्षण आदर्श गौशालामा गराइनेछ । यो गाईको दूधदही सर्वाधिक पौष्टिकताले युक्त रहेको छ । व्यवसायिक हिसाबले यो गाई पालन गर्ने हो भने नेपालीको आर्थिक स्थीति सर्वाधिक सवल हुनेछ ।

६. तराइया गाई
यो सेतो रङको स्थानीय प्रजाति हो । यो गाईको रक्षाबाट राष्ट्रको कृषि समृद्धिमा टेवा पुग्नेछ । गोबरमलको उपयोगिता महत्त्वपूर्ण रहेको छ । यो गाईको मल उपयोगी मानिन्छ।

७. चौंरी गाई
चौंरी गाई नेपालको गौरव हो । यसको रक्षाबाट नेपालको शान र नेपाली परिवेशलाई विश्वभरि चिनाउन महत्त्वपूर्ण योगदान पुग्नेछ।

८. मिथुन गाई
यो गौरी गाईको घरपालुवा प्रजाति हो । यो नेपालबाट लोप भयो भनिएको छ । तर, पुनःस्थापित गर्न सकिन्छ ।

 

९. गौरी गाई
यो गाई नेपालको तराईको जङ्गलमा पनि फाट्टफुट्ट पाइन्छ । यसलाई घरेलु तुल्याउन गाह्रो छ । तर, शिवजीलाई दूध चढाउन अपरिहार्य भएको हुँदा यसलाई संरक्षण गर्न जरुरी छ ।

 

विदेशी गाईको विवरण
नेपालमा भित्रिएका तर नेपालका लागि फाइदा भए÷नभएको नहेरिएका गाईको एउटा छुट्टै गौशाला बनाउन पर्ने आवश्याकता देखिन्छ । जसले गाईपालन र त्यसबाट आम नागरिकलाई अरू
प्रोत्साहित बनाओस् ।

१. गुजराती गाई
यो गाई रणबहादुर शाहको पालामा नेपालमा भित्रिएको मानिएको छ । तर, अहिले यो लोप हुन पुगेको छ ।

२. जर्सी गाई
यो गाई जुद्धशमशेरको पालामा नेपाल भित्रिएको मानिएको छ ।

३. डेष्टर गाई
यो गाईलाई गरीबको गाई पनि भनिन्छ । घाँस थोरै दिए पुग्ने तर दूध धेरै दिने यो गाईका आयातकर्ता अखण्डशमशेर राणा हुन् ।

४. होलेस्टोन गाई
यो गाई हिमालय विक्रम शाहले नेपालमा झिकाएको मानिन्छ । यसका छाडा साँढेहरू अझै पनि, काठमाडौंमा देख्न पाइन्छ ।

५. भेचुर गाई
संसारको सबैभन्दा सानो मानिने यो गाई नेपालको चिडियाखानामा डा. मुक्तिनारायण प्रमुख हुँदा प्रदर्शनमा थियो । यो गाई विश्वमा २०० ओटा मात्र रहेको भनिएको छ । घरायसी पालन सम्भव तुल्याउने हो भने यो गाईप्रतिको वृद्धि गर्न सकिन्छ ।

यी बाहेक अन्य फाइदाजनक हुने गाईका नमूना प्रदर्शनस्थल तयार गर्नु, प्रयोग गरी हेर्नु र जानकारी दिनु नेपाली नागरिकको परम कर्तव्य हो । समूलमा यो यस्तो गाई केन्द्र बनोस्, जसमा वैज्ञानिक, सामान्य मानिस र कृषक सबैले भरोसा गर्न सकून् ।

आधुनिक समयमा गाईको डिएनए र जिन (अनुवाशिक प्रजातिगत गुणधर्म) प्रजातिको वीज सङ्क्रमण गरेर विभिन्न प्रजातिका गाईका बाछाहरू कृतिम गर्भधानबाट जन्माइँदैछन् । यस्तो प्रकारका अप्राकृतिक गतिविधिले प्रकृति र गौ वंशमाथि घनघोर अन्याय भइरहेको छ ।

यसले आगामी दिनहरूमा सम्पूर्ण मानव समुदायलाई आसाध्य रोग सन्ताप कष्ट उत्पन्न हुने छ । दूधको लोभमा यस्ता प्रकारका जीन र डिएनए परिवर्तन गरी कृतिम गर्भधानबाट जन्मिएका बाछाबाछी र तिनीहरू गाईको रूपमा रूपान्तरण भएर प्राप्त हुने धेरै दूधले मानव समूदायलाई हित गर्छ भन्ने लाग्दैन । किनकी प्रकृतिको बरदानको रूपमा प्राप्त भएका नेपाली मौलिक गाईहरूको संरक्षण गर्न सक्नु पर्दछ ।

गोठ बनाउने तरिका 
पशु आहार दुग्ध दही घिउ उत्पादनका लागि गौपालन महत्त्वपूर्ण हुन्छ । गौशाला बनाउनका लागि कुन प्रजातिका गाई छन् त्यसै अनुसार प्रकृतिको सिद्धान्तानुसार गौपालन गर्नु पर्दछ । हिमाली भेगमा हुने गाई पहाडी भावर तराई समतल क्षेत्रमा हुने गाईको वर्ण जात स्वभावानुसार गोठ निर्माण गर्नु पर्दछ । काठ, माटो, ढुङ्गा, गोठको छानो, गाईलाई न्यानोपन, पानी, खाना औषधी, गहुँत, गोबर भण्डारण, मलखाद निर्माणको सम्बन्धमा वेदमा आर्ष ग्रन्थमा चित्रण गरिएको छ ।

गोमुत्र
सनातन कालदेखि गाईलाई माताको रूपमा सम्मान गरिएको छ । गाईबाट प्राप्त हुने गोबर, गहुँत, दूध आदि सम्पूर्ण पदार्थहरू अति उपयोगी रोगनिवारक शक्ति भएका र पवित्र मानिन्छन् । हिन्दू सनातन संस्कृतिमा गाईको सर्वप्रथम पूजा, जन्मदेखि मृत्युपर्यन्त गोमूत्र, गोबर, दही, दूध, घ्यू, पञ्चगव्य आदिको प्रयोग सनातन कालदेखि गरेको पाइन्छ । गाईले विसर्जन गर्ने गोमूत्रलाई गोमुत्र भनिन्छ। गोमूत्रको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ ।

यसको नियमित सेवनले सम्पूर्ण रोगहरू नाश हुने वैज्ञानिक तथ्य पनि सार्वजनिक भइसकेका छन् । गोमूत्र साधारण रोगका साथसाथै क्यान्सर, दमआदि रोगनिवारणका लागि अत्यन्त उपयोगी मानिन्छ । १० देखि १५ मिलीग्राम गोमूत्रको दिनमा दुईपटक नियमित सेवन गर्नाले सबै रोग छिट्टै नै निको हुन्छन् ।

आधुनिक वैज्ञानिक विश्लेषणको आधारमा पनि गोमूत्र (गहुँत) मा (नाइट्रोजन, फोस्फरस, क्याल्सियम, म्याग्नेसियम, युरिया, युरिक अम्ल, पोटाशियम, सोडियम, कार्बोलिक अम्ल, लैक्टोज एवं हार्मोन्स) विभिन्न तत्त्वहरू पाइन्छन् । जसले सम्पूर्ण रोगमाथि आ–आफ्नो प्रभाव छाड्दछन् । रोग समाप्त पार्न सहयोग पुर्याउँछन् ।  गोमूत्रको उपयोग विभिन्न रोगको निवारणका लागि गर्न सकिन्छ ।

उपयोग
भर्खरै एक पातलो सफा कपडालाई आठ तह गरेर पट्याउने र त्यही कपडामा गोमुत्रलाई छान्ने गर्नुपर्दछ । यसरी छानिएको गोमूत्रको सेवन गरेको केही घण्टापछि गोमूत्रको औषधीय प्रभाव शरीरमा पर्न थाल्दछ। व्याएको अर्थात् सुत्केरी गाईको मूत्र प्रयोग भने गर्नु उचित ठहरिँदैन । गाई ब्याएको दुई महिनापश्चात् मात्र गोमूत्र प्रयोग गर्न सकिन्छ । यदि प्रत्येक दिन गोमूत्र सम्भव छैन भने यस्तो अवस्थामा गोमूत्रलाई छानेर कुनै एक सिसीमा राख्नुपर्दछ । यसलाई नियमित रूपमा सेवन गर्ने गर्नुपर्दछ । जसलाई मधुमेहसम्बन्धी समस्या छ । तिनीहरूले गोमूत्रसँगै मह मिसाएर सेवन गर्नसक्दछन् । यसको सेवनले मधुमेहको समस्याबाट छुटकारा मिल्दछ ।

गोमूत्रलाई आँखाको औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । तामाको भाँडोमा गोमूत्रलाई घट्नेगरी पकाउने र त्यसलाई छानेर सिसीमा राख्ने । यसरी राखेको गोमूत्र साँझ र बिहान एक या दुई थोपा आँखामा राख्ने गर्नाले आँखासम्बन्धी समस्याबाट मुक्त हुन सकिन्छ ।

पहेँले रोग (जन्डिस)
खानपिनमा ध्यान नदिँदा, अन्न या पानीको मात्रा दूषित र कम भएमा पहेँले रोग लाग्दछ । यसको निदानका लागि घरेलु उपचार अति लाभदायी रहन्छ ।

१. काँचो मेवा उसिनेर प्रशोधित गोमूत्र र नीमको पातको धुलो मिसाएर सेवन गर्नाले जन्डिस निको हुन्छ ।

२. जन्डिस या पहेँले रोग उपचारका लागि आँकको सानो कोमल पात र गोमूत्र पानको पत्तामा राखेर चबाउने गर्नाले पित्तजनित रोग शान्त हुन्छ ।

३. गोमूत्र र वन घिरौंला रात्रिकालीन समयमा तामाको भाँडामा भिजाएर बिहान त्यसको तितो पानी सफा कपडाले छानेर खायो भने जन्डिस निको हुन्छ ।

४. वनमा पाइने पहेँल किसिमको लहरा जसको जरा हुँदैन । यो रुखमा लहराको रूपमा अवस्थित हुन्छ। त्यसको लहरा कुटेर पानीमा भिजाएर बिहान बेलुका गोमूत्रसँग सेवन गर्नाले जन्डिस निको हुन्छ ।