–सुरेन्द्र सुवेदी
पछिल्लो समय विश्वभरि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले तहल्का मच्चाइरहेको छ । मानिसको सोच, बुझाइ र निर्णय क्षमतालाई नक्कल गर्ने गरी तयार गरिएको यो प्रविधिले अहिले धेरै क्षेत्रमा मानिसलाई सहयोग पुर्याेउन थालेको छ । नेपाल पनि यसबाट अछुतो छैन ।
एआई भन्नाले कम्प्युटर वा मेसिनलाई मानिसले गर्ने काम गर्ने क्षमता दिनु हो । यसले आवाज, चित्र, भाषा वा डाटा बुझेर त्यसको आधारमा निर्णय गर्छ । हाल विश्वमा प्रयोग भइरहेको एआईले मानवजस्तै सबै काम गर्न सक्ने र मानव दिमागभन्दा शक्तिशाली गरी तीन प्रकारमा विभाजन गरिएको छ । अहिले प्रयोगमा आएको भने पहिलो चरणको एआई हो ।
नेपालमा पनि विभिन्न क्षेत्रमा यसको प्रयोग बढ्दै गएको छ । मिडिया र पत्रकारितास् समाचार लेख्ने, हेडलाइन बनाउने, तस्बिर डिजाइन गर्ने काममा एआई प्रयोग हुन थालेको छ । शिक्षामा विद्यार्थीलाई पढ्न सहयोग गर्ने, नोट्स तयार पार्ने र भाषा अनुवादमा प्रयोग भइरहेको छ । बैंकिङ र वित्त क्षेत्रका ग्राहकलाई जानकारी दिने, गल्ती पत्ता लगाउने र कारोबार सुरक्षित बनाउन मद्दत गरिरहेको छ ।
स्वास्थ्यमा एक्स रे वा अन्य रिपोर्ट विश्लेषण गरेर चिकित्सकलाई रोग पहिचानमा सहयोग पुर्याउने काममा प्रयोग भइरहेको छ । यतिमात्र नभई, कृषि, व्यवसाय र यातायात क्षेत्रमा समेत यसको प्रभाव देखिन थालेको छ । तर, एआईको प्रयोगसँगै यसका केही चुनौती पनि छन् । धेरै काम मेसिनले गर्न थालेपछि रोजगारीमा असर पर्ने चिन्ता बढ्दो छ । गलत जानकारी बनाउने वा दुरुपयोग हुने खतरा पनि उत्तिकै छ ।
यो प्रविधि नियन्त्रण गर्ने कानुनी र नैतिक आधार स्पष्ट छैन । विशेषज्ञहरूका अनुसार एआईले मानिसलाई सजिलो बनाउने भए पनि यसले मानिसको काम पूरै खोस्छ भन्ने होइन । बरु जसले प्रविधि सिक्छ र चलाउन जान्छ, उसलाई फाइदा भने हुन्छ/भइरहेको छ ।
नेपालजस्तो विकासोन्मुख मुलुकका लागि एआई एउटा अवसर र चुनौती पनि हो । समयमै तयारी गर्न सकेमा यसले शिक्षा, स्वास्थ्य, व्यवसाय र शासन प्रणालीमै सुधार ल्याउन सक्छ । तर तयारी नगरेको खण्डमा भने बेरोजगारी र सामाजिक असन्तुलन बढ्न सक्ने विज्ञहरूको चेतावनी छ । यसकारण, आर्टिफिसियल इन्टेलिजेन्सलाई खतरा होइन, एउटा अवसरको रुपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ । यसै कारण एआईलाई सदुपयोग गर्न सरकारले तत्काल नीति बनाउने र युवाहरुलाई एआईप्रति चनाखो भएर सीप सिक्ने अवसर दिन ढिला गर्नु हुन्न । जसले देशको समग्र विकासमा केही योगदान दिन सकोस् ।
(अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)