Advertisement GIF

यो मेलामा भारत, चीन, कोरिया र भुटानका महिला उद्यमीहरूको सहभागिता रहनेछ। भारतबाट फेब्रिक तथा कस्मेटिक, चीनबाट विभिन्न उत्पादन, कोरियाबाट कस्मेटिक तथा नुडल्स र भुटानबाट रिसाइकल उत्पादनहरू प्रदर्शन गरिनेछन्। यसले अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान र व्यापार विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मेलामा महिला उद्यमीहरूको पहिचान र प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्। प्राकृतिक रेशाजन्य उत्पादनको र्याम्प वाक, हस्तकला अवलोकन, अन्तर्राष्ट्रिय सहभागिता, ज्ञान तथा सीपमूलक सत्र, डिजिटलाइजेशन, वित्तीय साक्षरता र नेटवर्किङ कार्यक्रमहरू प्रमुख आकर्षणका रूपमा रहनेछन्।

अपाङ्गता भएका महिला उद्यमीहरूका लागि निःशुल्क स्टल तथा स्टार्टअप र युवा उद्यमीहरूका लागि सहुलियत दरमा स्टल उपलब्ध गराइएको छ। उत्कृष्ट उत्पादन, स्टल सजावट, प्याकेजिङ र लेबलिङका आधारमा सहभागीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिनेछ।

-दर्शना श्रेष्ठ

नेपालभरका महिला उद्यमीहरूको साझा छाता संस्थाका रूपमा स्थापित महिला उद्यमी महासंघ नेपाल (एफडब्लुइएएन) ले महिला उद्यमशीलताको विकास, प्रवर्द्धन तथा सामाजिक–आर्थिक सशक्तिकरणलाई केन्द्रमा राख्दै ‘९ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२६’ आयोजना गर्न लागेको छ। चैत २० देखि २२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा सञ्चालन हुने यस मेलालाई महिला उद्यमीहरूको उत्पादनलाई बजारसँग जोड्ने, पहिचान दिलाउने र व्यापारिक अवसर विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

महासंघले विगत २२ वर्षदेखि महिला उद्यमशीलताको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। देशका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्दै ५ हजार ७ सय भन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको महासंघबाट करिब १ लाखभन्दा बढीले अप्रत्यक्ष लाभ लिइरहेका छन्। यही अनुभव र नेटवर्कलाई आधार बनाएर महासंघले हरेक वर्ष जस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न लागेको हो।

यो व्यापार मेला महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रदर्शन, प्रवर्द्धन र बिक्री का लागि प्रभावकारी प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको हो। विशेषगरी ग्रामीण तथा जिल्लास्तरका महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय तथा मौलिक वस्तुहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्नु यसको प्रमुख लक्ष्य हो।

यससँगै महिला उद्यमीहरूलाई ठूला खरिदकर्ता, लगानीकर्ता तथा निजी क्षेत्रसँग जोड्दै व्यापारिक सहकार्य बढाउने, बजार पहुँच विस्तार गर्ने र नयाँ अवसर सिर्जना गर्ने उद्देश्य पनि मेलाले बोकेको छ। महिला उद्यमीबीच ज्ञान, अनुभव, प्रविधि र सीप आदान–प्रदान गराउँदै दीगो व्यापारिक वातावरण निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ।

यो मेला विशेषगरी घरेलु, साना तथा मझौला महिला उद्यमी, ग्रामीण क्षेत्रका उद्यमी, स्टार्टअप व्यवसायी, हस्तकला, कृषि तथा सेवा क्षेत्रमा संलग्न महिलाहरूका लागि लक्षित छ। साथै, आफ्ना उत्पादनलाई ठूलो बजारमा विस्तार गर्न चाहने उद्यमी, निर्यातकर्ता, लगानीकर्ता, सेवा प्रदायक संस्था तथा अन्तर्राष्ट्रिय उद्यमीहरूका लागि समेत यो साझा मञ्च बन्नेछ।

मेलामा १ सय ४० वटा स्टलमार्फत करिब ३०० महिला उद्यमीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नेछन्। हस्तकला, ढाका, गलैचा, हाते कागज, गहना, जैविक खाद्य पदार्थ, जडीबुटी, कृषिजन्य उत्पादन, स्थानीय तथा मौलिक परिकार, सजावटका सामग्री, साना उद्योगका उत्पादन तथा सेवा प्रदायक संस्थाहरूका स्टलहरू आकर्षक रूपमा राखिनेछन्।

सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना रैथाने उत्पादन प्रदर्शन गर्नेछन् । कोशी प्रदेशबाट अल्लो, बाँसका सामग्री, कफी, टिमुर, अर्गानिक उत्पादन, मधेश प्रदेशबाट मिथिला कला तथा बाँसका उत्पादन, बागमती प्रदेशबाट डेरी उत्पादन, चिज, अचार, लसुन, दुना टपरी, माटोका भाँडाकुँडा, नर्सरी, लत्ताकपडा, गरगहना स्टलमा राखिने छ ।

यस्तै गण्डकी प्रदेशबाट विवाह सजावट सामग्री, कागज, गेडागुडी, जडीबुटी, ढाका, लुम्बिनी प्रदेशबाट ढाका, अल्लो, बाँस–बेत, थाकल उत्पादन, परम्परागत खाद्यपदार्थ, कर्णाली प्रदेशबाट राडीपाखी, अल्लो, कृषिजन्य गेडागुडी र सुदूरपश्चिम प्रदेशबाट गलैचा, काठका सामग्री, कृषिजन्य उत्पादन प्रदर्शनमा राखिने छ ।

यो मेलामा भारत, चीन, कोरिया र भुटानका महिला उद्यमीहरूको सहभागिता रहनेछ। भारतबाट फेब्रिक तथा कस्मेटिक, चीनबाट विभिन्न उत्पादन, कोरियाबाट कस्मेटिक तथा नुडल्स र भुटानबाट रिसाइकल उत्पादनहरू प्रदर्शन गरिनेछन्। यसले अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान र व्यापार विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मेलामा महिला उद्यमीहरूको पहिचान र प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्। प्राकृतिक रेशाजन्य उत्पादनको र्याम्प वाक, हस्तकला अवलोकन, अन्तर्राष्ट्रिय सहभागिता, ज्ञान तथा सीपमूलक सत्र, डिजिटलाइजेशन, वित्तीय साक्षरता र नेटवर्किङ कार्यक्रमहरू प्रमुख आकर्षणका रूपमा रहनेछन्।

अपाङ्गता भएका महिला उद्यमीहरूका लागि निःशुल्क स्टल तथा स्टार्टअप र युवा उद्यमीहरूका लागि सहुलियत दरमा स्टल उपलब्ध गराइएको छ। उत्कृष्ट उत्पादन, स्टल सजावट, प्याकेजिङ र लेबलिङका आधारमा सहभागीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिनेछ।

यस मेलाबाट करिब २ करोड रुपैयाँ बराबरको कारोबार हुने तथा ५० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ। नेपालका विभिन्न क्षेत्रका स्थानीय तथा मौलिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस मेलाको आयोजना विभिन्न सरकारी निकाय, दातृ संस्था तथा निजी क्षेत्रको सहकार्यमा भइरहेको छ। जसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग, मेक इन नेपाल, इन बिजनेस यूके इन्टरनेशनल डेभलपमेन्ट, पाकिस्तान दूतावास, अष्ट्रेलियन दूतावास, अष्ट्रिया मानार्थ वाणिज्य दूतावास, चिनियाँ दूतावास, जिआइजेड, आईएलओ, हेल्भेटास नेपाल, इसेवा, स्याकार ट्रेडिङ कम्पनी, मनकामना केबलकार, कृषि विकास बैंक, फेडएक्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल टेलिकम तथा ऊर्जा भेन्चर्सलगायत संस्थाहरूको सहयोग रहेको छ।

यो मेला केवल व्यापारिक प्रदर्शनी मात्र नभई महिला उद्यमशीलताको प्रवर्द्धन, सामाजिक तथा आर्थिक सशक्तिकरण, ज्ञान–सीप आदान–प्रदान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सशक्त माध्यमका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

 

(श्रेष्ठ महिला उद्यमी महासंघ नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)