Advertisement GIF
फाल्गुन ४ सोमबार, ९:०३ अपराह्न

हाम्रो शिक्षा भनेको आन्तरिक अन्तर आत्माको ज्ञानलाई जगाउँछ। आफ्नो विवेकलाई प्रयोग गर। विवेक प्रयोग गरिएको काम सधैँ सफल हुन्छ। गुरुकुलमा व्यवहारिक शिक्षा सिक्न सकिन्छ। हामीले आफ्नो गुरुलाई गर्ने व्यवहार, सोच्ने तरिका सधैँ सकारात्मक अर्थात् काम गर्ने शैलीमा नतीजामूखी भावको विकास हुन्छ। गुरुहरुप्रति सम्मान र आदर भाव राख्दछ। स्वाध्याय गर्ने हामी आलस्य गर्दैनौँ। यसै गरेर अर्को सिकाइमा प्रवेश गर्छौँ। हाम्रो हृदयले अर्थात आत्माद्वारा जागृत भएर गरिएका काम नै पवित्र काम त्यो पनि उत्कृष्ट, अतुलनीय काम हो। गुरुकुल शिक्षा गुरुको शिष्य परम्परा, शिष्टाचार, आदर, कला सिकाउँछ। यही कलाद्वारा हामी पूर्णमानव बन्न सक्छौँ। महान् मानव बन्ने अवसर प्रदान गर्दछ। आफ्नो मुक्ति र जीवनको सार्थकता बुझ्न गुरुकुलीय शिक्षा आजको आवश्यकता हो।

-डा वाशुदेवकृष्ण शास्त्री

आमाको गर्भमा नौ महिनासम्म हुर्किंदै गरेको शिशुले गर्भभित्र पनि धेरै आमाको रहनसहन खानपिन बाहिरी परिवेशलाई अनुभूति गर्न सक्छ। तसर्थ गर्भमा शिशु रहेको अवस्थामा पनि आमाको दिनचर्या, कार्यशैली, सकारात्मक, आदर्शपरक र लोककल्याणकारी हुनुपर्छ। शिशु जन्मिएपछि प्राप्त गर्ने पहिलो शिक्षा केन्द्र भनेको मातृकुल शिक्षा हो। मातृकुल शिक्षामा आमासँग भाषा, परिवेश, रहनसहन, संस्कार, संस्कृति, सामाजिक मान्यताहरू, अक्षर ज्ञान सिकाइको आरम्भिक चरणमा रहन्छ। जीवनको आधारशीलाको स्रोत बाल्य जीवनकाल हो। यस समयमा सिकेका कुराहरूलाई जीवनभरि अटुट तरिकाले रहन्छ।

जन्मदेखि ६ वर्षसम्म बालकले विभिन्न प्रकारका रुचिहरू, नातासम्बन्ध, लज्जा, सुखदुःख, बौद्धिकता, वनस्पति, पशुपक्षी, खेल मनोरञ्जन, गीतसङ्गीत, सामाजिक परिवेश र अक्षरको ज्ञान मातृमातृक लेखन, जानेको विषयलाई अभिव्यक्त गर्ने तरिका, समान आदर, वाचक शब्दज्ञान, शब्द संयोजन, भोकतृप्ति, तातोसितो, व्यक्तिगत स्वभाव निर्माणको महत्वपूर्ण क्रममा शिशु रहन्छ। यस समयमा जन्मदिने आमाले दिने शिक्षा तीन वर्षसम्म रहन्छ। तीन वर्षदेखि ६ वर्षसम्म शिशुले मातृकुल शिक्षामा गएर शिक्षा आर्जन गर्नु पर्दछ।
प्रारम्भीक मातृकुल शिक्षामा शिशु प्रवेश गरेर विभिन्न विषयहको ज्ञान प्राप्त गर्न सक्छ। मातृकुल शिक्षामा तीन, चार, पाँच, छ वर्षसम्म अध्ययनको प्रारम्भीक चरण हो। तीन वर्षमा बालकले घरवर्गमा प्रवेश गर्छ। चौथो वर्षमा प्रवेश गर्छ। पाँचौँ वर्ष ‘ख’ वर्गमा प्रवेश गर्छ। छैटौँ वर्षमा ‘क’ वर्गको शिक्षा प्राप्त गर्छ। सातौँ वर्षमा बालक प्रथम कक्षामा प्रवेश गर्छ। उसको शिक्षामा स्तरोन्नति हुँदैअघि बढ्छ। क वर्गमा ज्ञान प्राप्त गर्छ। भाषा ज्ञान, गणनात्मक, जीवनोपयोगी शिक्षा संस्कारयुक्त शिक्षा प्राप्त गर्छ। सात वर्षदेखि मातृकुल शिक्षाबाट प्राथमिक शिक्षामा प्रवेश गर्छ। प्राथमिक शिक्षा भनेको गुरुकुल शिक्षा हो। हजारौँ हजार वर्षदेखि अभ्यास हुँदै आएको हाम्रो शिक्षा मातृकुल, गुरुकुल र प्राज्ञिक शिक्षा हो।

गुरुकुल शिक्षा
नेपालमा शिक्षाको परम्परा हजारौँ हजार वर्षदेखि गुरुकुलीय शिक्षा पद्धतिमा आधारित भएको पाइन्छ। गुरुद्वारा शिक्षालाई पुस्तादर पुस्ता हस्तान्तरण हुँदै जीवनोपयोगी अभ्यासमा आधारित चेतनामा आधारित शिक्षा निरन्तर रूपमा चलिरहेको छ। कहिले यो शिक्षाले आफ्नो क्षेत्र विस्तार गर्दै व्यापक पाएको छ भने कहिले यो शिक्षा शक्तिशाली बनेर व्यापक भएको छ।

गुरुकुल शिक्षा भन्नाले गुरुको स्थानमा गएर गुरुसँग बसेर आमाले मातृकुलमा दिएको शिक्षाबाट गुरुकुलमा प्रवेश हुन्छ। गुरुकुल शिक्षा आमाको गर्भबाट पहिले जन्म हुन्छ भने गुरुकुलमा बालकको दोस्रो जन्म हुन्छ। शास्त्रमा भनिएको छ, पहिलो जन्म बालकको आमाको गर्भमा भएपनि गुरुले गुरुकुलमा राखेर आफ्नो शिक्षामा दोस्रो जन्म प्रदान गर्दछ। गुरुकुलका आचार्यले भन्दछन्, हे माता तपाईँले आफ्नो वैदिक ज्ञान–विज्ञान गर्भमा हुर्किएको शिशुलाई मातृकुल शिक्षाबाट गुरुकुलमा प्रवेश गराइन्छ

कम बोल्ने तर धेरै सुन्ने बनाउँछ। नियममा बस्न सिकाउँछ। काम गर्दा सिपालु हुन्छ । अर्थात् सीप सिकाउँछ। अलगलाई दया गर्छ। उपकार गर्छ। अर्थात् उपकारी हुन्छ । यस्तै व्यवहार गुरुकुलमा समावेश शिक्षा हो। प्रकृतिको प्रत्यक्ष सम्पर्कमा रहेर प्राप्त गर्ने शिक्षा आत्मनिर्भर रहनसहन, ६४ कला, ६४ उपकला, चारवेद, उपवेद एवं ऋषिमुनिहरूबाट सिक्ने शिक्षा गुरुकुलमा प्रदान गरिन्थ्यो। आज गुरुकुलको अवस्था दिनानुदिन अस्तव्यस्त हुँदै गएको छ। समाजमा विभिन्न प्रकारका अत्याचार दुराचार भ्रष्टाचार बढ्नुको कारण अनुशासनमा आधारित गुरुकुल शिक्षाको कमी हुन गएको हो। आयातित विषय वा विषयवस्तुले मौलिक शिक्षा पद्धतिलाई नष्ट गर्दै असर गरेको छ।

गुरुकुल शिक्षामा प्रवेशको चरण पूर्वमाध्यमबाट आरम्भ हुन्छ। प्रथम कक्षादेखि उसको शिक्षा सातौँ वर्षसम्म शिक्षाका विभिन्न विषयहरू भाषा, वैदिक ज्ञान विज्ञान, गणित, खेलकुद, स्वास्थ्य, सामाजिक परिवेशसमेतका विषयमा प्रारम्भीक ज्ञान प्राप्त गर्दछ। आठ वर्षदेखि ११ वर्षसम्म उसको शिक्षामा पूर्वमाध्यम चार वर्ष शिक्षा प्राप्त गर्दछ। पूर्वमाध्यमपछि तीन वर्ष मध्यम शिक्षा प्राप्त गर्दछ। मध्यमपश्चात् १५ वर्षदेखि २२ वर्षसम्म उत्तरमाध्यम शास्त्रीय अवस्था, शास्त्रको उच्चतम स्थितिमा पुग्दछ।

हाम्रो शिक्षा भनेको आन्तरिक अन्तर आत्माको ज्ञानलाई जगाउँछ। आफ्नो विवेकलाई प्रयोग गर। विवेक प्रयोग गरिएको काम सधैँ सफल हुन्छ। गुरुकुलमा व्यवहारिक शिक्षा सिक्न सकिन्छ। हामीले आफ्नो गुरुलाई गर्ने व्यवहार, सोच्ने तरिका सधैँ सकारात्मक अर्थात् काम गर्ने शैलीमा नतीजामूखी भावको विकास हुन्छ। गुरुहरुप्रति सम्मान र आदर भाव राख्दछ। स्वाध्याय गर्ने हामी आलस्य गर्दैनौँ। यसै गरेर अर्को सिकाइमा प्रवेश गर्छौँ। हाम्रो हृदयले अर्थात आत्माद्वारा जागृत भएर गरिएका काम नै पवित्र काम त्यो पनि उत्कृष्ट, अतुलनीय काम हो। गुरुकुल शिक्षा गुरुको शिष्य परम्परा, शिष्टाचार, आदर, कला सिकाउँछ। यही कलाद्वारा हामी पूर्णमानव बन्न सक्छौँ। महान् मानव बन्ने अवसर प्रदान गर्दछ। आफ्नो मुक्ति र जीवनको सार्थकता बुझ्न गुरुकुलीय शिक्षा आजको आवश्यकता हो।

शिक्षाका विविध आयाम

प्राज्ञिक शिक्षा
मानव चेतनालाई मापन गर्ने शिक्षा भनेको प्राज्ञिक शिक्षा नै हो। यो शिक्षाको अभ्यासबाट मानव चेतनाको उत्कर्षलाई अनुभूति गर्नुहो।

चेतना आधारित शिक्षा
मानव चेतनाको उच्चतम प्रयोग भनेको मानव चेतनाको परा, अपरा, पश्चात्ति र मध्यमाको अवस्थामा पुग्ने ज्ञान हो।

साधनात्मक शिक्षा
मानव साधनाबिना सार्थक मानव बन्न सक्दैन। साधनात्मक शिक्षाबाट उच्चतम अवस्थामा पुग्ने पद्धति नै साधनात्मक शिक्षा हो।