Advertisement GIF
पुस १० बुधबार, २:१३ अपराह्न

“यो सामग्रीले नेपालका प्रमुख हिन्दू मन्दिरहरूको सूची प्रस्तुत गर्दछ र यी मन्दिरहरूबाट पवित्र माटो र पानी सङ्कलन गरी ठूलो यज्ञ आयोजना गर्ने योजनाबारे जानकारी दिन्छ। यसले भविष्यमा धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने योजनाहरूबारे पनि चर्चा गरेको छ, जसमा अनलाइन मन्दिर दर्शन र भर्चुअल तीर्थयात्रा प्याकेजहरू समावेश छन्। यसले पवित्र स्थलहरूमा पहुँच बढाउन र भक्तजनहरूको आध्यात्मिक भागीदारीलाई प्रोत्साहित गर्नको लागि यी कार्यक्रमहरूको महत्त्वलाई विशेष रूपमा जोड दिएको छ।”

नेपालमा हुन्दुहरुका देवी देउताका प्रख्यात मन्दिरहरु
(छुटेका मन्दिरहरु थप हुँदै जाने)
१. ताप्लेजुङ पाथीभरा, ओलाङ्चुङगोला गुम्बा
२. ईलाम माईपोखरी, माईथान मन्दिर
३. पाँचथर गढीमाईथान, सिद्धेश्वरी, थाक्ले मन्दिर
४.  झापा माईधार, सतासीधाम
५.  संखुवासभा सभापोखरी
६.  तेह्रथुम म्याङलुङ (सिंहबाहिनी) देवी, चिचिलिङ पोखरी माई शंकरथान, औंशीडाँडा देवी, गौखुरी, हात्तिको पाइला,
७.  धनकुटा गुफापोखरी, खुखुछिन्ताङ्ग
८.  भोजपुर सिद्धकाली, कालिमाई
९.  सुनसरी दन्तकाली, बराहक्षेत्र, लक्ष्मीनारायण, शिवपार्वती र दुर्गा मन्दिर
१०. मोरङ कालिका, संसारीमाई
११. सोलुखुम्बु दूधकुण्ड
१२. ओखल्ढुङ्गा कुन्तादेवी, ककनीमाई, मोलिमाईथान, भैरवथान, जलजलेमहादेवथान, कोटगढीदेवी, जालिमपोखरी, लगलगेमाई
१३. खोटाङ्ग हलेसीमहादेव, बराहापोखरी, भवगतीथान र देवीथान
१४. उदयपुर चुरियामाई, महाभारत, रौनापोखरी
१५. सप्तरी सखडाभगवतीमाँ, भारदहकंकाली, छिन्नमष्ता, राजदेवी, शंभुनाथ
१६. सिराहा फूलबारी
१७. दोलखा भिमसेन, कालिञ्चोक, सैलुङ्गेश्वर महादेव, हलेश्वर महादेव, जिरेश्वरी, गुप्तेश्वरी, लाकुका महादेव
१८. रामेछाप खाडादेवी, महादेवस्थान, ईन्द्रवती, भिमेश्वर महादेव, थानापतिबहिरा महादेव
१९. सिन्धुली कमलामाई, सिन्धुलीमाई
२०. धनुषा रामजानकी मन्दिर, हनुमान मन्दिर, शिवमन्दिर, संकटमोचन, राजदेवी मन्दिर
२१. महोत्तरी जलेश्वरमहादेव, ब्रम्हस्थान, महादेवस्थान
२२. सर्लाही डुमडुमे महादेव, सन्तोषीमाता, चर्तुरभूजेश्वर महादेव
२३. रसुवा गोसाईकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड, कालिका हिमालय, भुमेस्थानमाई
२४. नुवाकोट माईस्थान, भैरवीमन्दिर, दुप्चेश्वरी, जलपादेवी
२५. धादिङ त्रिपुरासुन्दरी, दोलामण्डली, सल्यानकोटभगवती, सत्यदेवी, गंगाजमुनादार्खा
२६. सिन्धुपाल्चोक गौराती, पाल्चोकीमाई, भैरवकुण्ड, पाँचपोखरी, दूधपोखरी, ढाडकीदेवी, सुनकोशीमहादेव,
२७. काठमाण्डौ पशुपतिनाथ, गुहेश्वरी, गोकर्णेश्वर, बौद्धनाथ, स्वयम्भुनाथ, त्रिपुरेश्वर, महाकालस्थान, कालिकास्थान, नक्सालभगवती, गणेशस्थानकमलादी, दक्षिणकाली, भद्रकाली, मैतीदेवी, बुढानिलकण्ठ, संकटा, कालभैरव, आकाशभैरव, गणेशस्थानचावहिल, स्वेतभैरव, मातातिर्थ, मच्छेनारायण,शोभाभगवती
२८. भक्तपुर चागुनारायण, सुर्यबिनायक, कार्यबिनायक, जलबिनायक, थलबिनायक, सिद्धिबिनायक, न्यातपोल, तलेजुभवानी
२९. ललितपुर बज्रबाराही, बटुकभैरव, बगलामुखी, कृष्णमन्दिर, कुम्भेश्वर, तलेजु, जलबिनायक, सरस्वतीलेले
३०. काभ्रेपलान्चोक पलान्चोकभगवती, नमोबुद्ध, ब्रम्हायणी, चण्डेश्वरी, नालाभगवति, हनुमानमन्दिर
३१. चितवन देवघाट, गणेशथान
३२. मकवानपुर भुतानदेवी मन्दिर, पशुपतिनाथ मन्दिर, चुरियामाई, सिन्धुथान
३३. पर्सा माईस्थान, नागस्थान, बिर्तामाई, सूर्यनारायणमन्दिर, बिन्दबासिनी, गहतामाई
३४. बारा गढीमाई,
३५. रौतहट शिवमन्दिर,
३६. गोरखा मनकमना, गोरखनाथमन्दिर, गोरखकाली, अकलादेवी, अन्नपूर्णा, नामजुङ्गथान
३७. तनहुँ छाब्दीबाराही, दुधबाराही, थानीथान, पुर्कोट, ब्यास, दमौली, सिद्धबाबा र्मिलुङ्ग, छिम्केश्वरी, श्रीगुफा
३८. कास्की बिन्दबासिनी, तालबाराही, भिमकाली, गुप्तेश्वर महादेव, बौद्धस्तुपा
३९. स्याङजा चण्डीथान, नुवाकोटभैरवथान, कालिकादेवी, शितलदेवी, गरुकालिका, आलमदेवी, बलाम देवीथान
४०. मनाङ
४१. लमजुङ गाउँशहर कालिका, अकलामाई, काउलेपानी, उदिपुरकालिका
४२. पर्वत पैयौंकोट कालिका
४३. म्याग्दी कालिका, गलेश्वरधाम, तातोपानीधाम
४४. मुस्ताङ मुक्तिनाथ, गोसाईकुण्ड
४५. बाग्लुङ्ग कालिकास्थान, भैरवथान, गाँजाबराही
४६. अर्घाखाँची सुपादेउराली
४७. गुल्मी रेसुङ्गा, ऋषीकेष (रुरुक्षेत्र रिडी)
४८. पाल्पा भैरव मन्दिर, सत्यवती, सिद्धबाबाबा, सितलादेवी, नारायणस्थान, कालिका भगवतीथान
४९. नवलपरासीपूर्व दाउन्नेदेवी
५०. नवलपरासी पश्चिम त्रिबेणीघधाम, मौलाकालिका, कालिका मन्दिर, पालहीदेवी, दाउन्नेदेवी, बाबाबर्दबोरिया
५१. रुपन्देही सिद्धबाबा, मायाँदेवी
५२. कपिलबस्तु तिलौराकोट, बोधगयाँ, बौद्धबिहार, भलावरमाई
५३. रुकुमपूर्व
५४. रुकुमपश्चिम डिग्रेमन्दिर, मुसिमन्दिर,
५५. सल्यान खैरावाङ, कुभिण्डेदह
५६. प्यूठान स्वर्गद्वारी, क्षेत्रवाल, कालिकास्थान, गैमुखी मन्दिर
५७. रोल्पा जलजला, तिम्मुर, सिद्ध, थुनिकोट
५८. दाङ्ग धमेरागुफा, कालिका, कृष्णमन्दिर, बराहाक्षेत्र, अम्वेश्वरी, रिहारमन्दिर, धारापानी, गोरक्ष्यनाथ
५९. दैलेख श्रीस्थान, नाविस्थान, पादुका, धुलेश्वर, कोटेश्वर(कोटिला), मालिठामाई, बेलासपुरेदेव
६०. जाजरकोट कालीकामन्दिर, दुर्गाभगवतिको मन्दिर स्थापना गर्ने।
६१. सुर्खेत देउतीबज्यैं, मष्टा, काँक्रीबिहार
६२. बर्दिया ठाकुरद्वारा, कालिकामन्दिर
६३. बाँके जयबागेश्वरी, पशुपती, रानीतलाउ, कम्मरसाबाबा मन्दिर
६४. डोल्पा त्रिपुरासुन्दरी
६५. मुगु छायानाथ
६६. कालिकोट बढीमालिका, चुलिमालिका
६७. हुम्ला खार्पुनाथ
६८. जुम्ला चन्दननाथ,
६९. अछाम बैजनाथ,
७०. बझाङ श्रीबिनायक, जालपादेवी, कालिकादेवी, ब्रडादेवी, सोडसादेवी
७१. बाजुरा भगवतीमन्दिर, मष्टदेवता, सुमादेवी, देवीस्थान, दशरापाटन, तालकोट, बडीमालिका, बुढीनन्द
७२. डोटी शैलेश्वरी, खप्तड, केदारेश्वर महादेव, सालमनी महादेव,
७३. कैलाली गोदावरी, घोडाघोडी, मोहन्याल
७४. बैतडी ध–याल, केदार, मेलौली, निङलासैनी, त्रिपुरासुन्दरी, उदयदेव, रानादेव, रौलाकेदार, बासुलिंङ्ग, शिखरकेदार, जगन्नाथ, शिवनाथ, ईश्वरी गंगाधाम, समैजी, कैलपाल, पातालभुमेश्वर, ग्वानीकेदार, पालीमहादेव, टुडेबगाली, बरायल भगवती
७५. दार्चुला हुनैनाथ, मालिकार्जुन,लटीनाथ
७६. डडेलधुरा भागेश्वर, उग्रतारा, घटालबाबा
७७. कन्चनपुर बैजनाथ

भगवान र धार्मिक क्षेत्रमा बिगतमा गरिएका कार्यहरु:

मातृभूमिको समृद्धि र विकासका लागि विभिन्न योजनाहरु निर्माण भै सकेका छन्। यो अहिले सक्रिय रूपमा कार्यान्वयन भैरहेको छ। देशभरिका मन्दिरहरुको जानकारी र विवरण सबैको पहुँचका लागि वेभ साइटमा राख्ने कार्य थालनी भैसकेको छ।

१०८ वटामन्दिर कमिटिहरुसँगको प्रत्यक्ष सम्पर्क र समन्वयमा म सक्रिय रूपमा संलग्न छु।

हालसम्म, २०७१ सालमा मुक्तिनाथ बाबा कमल नयन आचार्य ज्यूसँग मातृभूमिको कार्यक्रम जाहेर गरी उहाँबाट पशुपतिधाममा संचालित नेपाल माता महिमा महायग्यमा देशभरिका १०८ स्थानका पवित्र स्थलको माटो र पवित्र नदिकुण्डको पानी संकलन गरेर यज्ञ संचालित गरिएको छैन।

२०७१ सालमा काठमाण्डौं महानगरपालिका को पानी फोहरा ट्याक्ङर सहयता लिई काभ्रेको नाला भगवती मन्दिरको सरसफाई, पशुपतिनाथको श्लेस मान्तक बन क्षेत्रमा तत्कालिन मुख्य सचिव लिलामणी पौडेलज्यूको प्रमुख आतिथ्यमा एक समारोहका बीच श्लेस्म बृक्ष (लप्सी) का १०८ बिरुवा रोपण कार्य सम्पन्न गरेको ।
२०७२ सालको बैशाख १ गतेका दिन देश भरिका १०८ मन्दिरमा राष्ट्रमा शान्ति सुरक्षा र समृद्धिका लागि एउटै समय बिहान ०७ः०५ बजेको समयमा शान्ति पाठ गरिएको ।
२०७२ सालमा नै चितवनको गणेश मन्दिरमा सरसफाई कार्यक्रम, कल्पनेश्वर शिव मन्दिरमा१०८ रुद्राक्ष रोपण गरी सम्बर्धन कार्य भैरहेको ।
यसै गरी २०७४ सालमा मातृभूमिको चितवन शाखाले देवघाटमा बृध्दबृद्धाका लागि एम्बुलेन्स सेवा संचालन गरेको ।
२०७५ मा मातृभूमिको अगुवाईमा शब्द चिन्तन संघ चितवन समेतको सहभागितामा अछाम,बडडे्धु बारा , कंचनपुर, कैलाली, बर्दिया, बाँके, दाङ कपिलबस्तु, नवलपरासी, बैतडी, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, उदयपुर, सप्तरी, झापा, इलाम जिल्लाका मुख्य मन्दिरहरुमा धार्मिक बृक्षारोपण गरिएको । कैलालीको गोदावरी धाममा सुदुरपश्चिम प्रदेशका सभामुखको प्रमुख आतिथ्यमा एक समारोहका बीच १००८ धार्मिक बृक्षारोपण कार्य गरिएको छ । (रुद्राक्ष, बेलपत्र, स्वामी, पैयूआदि)
२०७६ सालमा श्रावण महिनामा मातृभूमि सुर्खेत इकाइको आयोजनामा सुर्खेतका ४ वटा मुख्य मन्दिरमा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा धार्मिक बृक्षहरु (श्रीखण्ड, रुद्राक्ष, स्वामी, बेलपत्र पारीजात आदि) रोपण गरी संरक्षण कार्य भइरहेको छ ।
२०७७ साल बैशाख १ गतेका दिन देश भरिका मुख्य शक्तिपीठहरुमा देशमा शान्तिका लागि पुजाआजा गरिएको ।

आगामि दिनका लागि छलफलमा आएका कार्यक्रमहरु

१. मातृभूमि महा–पर्व :–
सबै धर्म जातजातिको धार्मिक संस्कृति र परम्पराको सम्मान गरी यो कार्यक्रम आयोजना गरिनेछ। बिक्रम संबतको पहिलो दिन बैशाख १ गतेलाई मध्यनजर राखि यो नयाँ राष्ट्रिय पर्वको थालनी गर्ने लक्ष राखिएको छ । सबै धर्म जात जाति, मान्यता परम्परालाई कसरी यस अभियानमा सहभागि हुने, यस बारेमा छलफल, बिचार बिमर्श, अन्तरक्रियाको कार्यक्रमहरु जारी रहेकोछ। पूर्वीय दर्शन अनुसारको हिन्दू सनातन परम्परा अनुसारको यस अभियानको केही अंश निम्नानुसार उल्लेख गरिएको छ ।
यो कार्यक्रम नेपाल आमाका ति करोडौं सपूतहरुले नेपाल आमालाई सम्झने साझा कार्यक्रम हुनेछ ।
महा–पर्वको समयावधी विधि बिधान बमोजिम बिज्ञहरुबाट बैशाख १ गतेलाई मध्यनजर राखि तोकिने छ ।
महा–पर्वका लागि नेपालका ७७ वटै जिल्लाका पवित्र स्थानहरुबाट माटो सङ्कलन गरिनेछ ।
७७ वटै जिल्लाका पवित्र नदी र कुण्डहरुबाट जल सङ्कलन गरिनेछ ।
उक्त माटो र पानीलाई पशुपतिनाथको प्राङ्गणमा जम्मा पारिने छ ।
माटो र जल सङ्कलन पश्चात एक स्थानमा धर्मगुरुहरु द्वारा मातृभूमि महा–यज्ञ संचालन गराउने ।
पूजारीहरु द्वारा पूजापाठका साथ सबै जिल्लाको माटो र जल एकै ठाउंमा मिसाउन लगाइने छ ।
महा–यज्ञमा १२ वटै राशीको लागि बाह्र स्थानमा पुजापाठ गर्ने, ध्यान गर्ने, प्रण गर्ने तथा प्रसाद ग्रहण गर्ने कार्यक्रम राखिने छ ।
उक्त महा–पर्वको समयमा मातृभूमी, मातापिता, गुरु, प्रकृति र समाजका लागि हरेक व्यक्तिले आफूले गर्नु पर्ने कर्तव्यहरुका लागि प्रण गर्नेछन् ।
कर्तव्य निर्वाहको प्रण गरी सो पथमा अगाडि बढ्न पाउनु हरेक देशबासीको लागि मातृभूमि, मातापिता, गुरु, प्रकृति र समाजबाट शुभ–कामना ग्रहण गर्ने शुभ अवसर हुन जानेछ ।
पवित्र माटो र जललाई ७७ वटै जिल्ला सदरमुकामहरुमा प्रसादको रुपमा पठाइने छ । जिल्ला सदरमुकामहरुमा प्राप्त हुन आएको मातृभूमिको प्रसादलाई ग्रहण गर्ने कार्यक्रम राख्ने । हरेक प्रदेशको मुख्य स्थानमा मातृभूमिको मन्दिर स्थापना गर्ने ।
सामूहिक रुपमा यस कार्यक्रमको बारेमा छलफल, सहमति र सुझाव सङ्कलनको कार्य भई रहेको छ । सबैबाट सकारात्मक, श्रृजनात्मक सुझावहरु प्राप्त भई रहेका छन् । निकट भविश्यमा नै कार्यक्रम शुभारम्भ होस भन्ने शुभ–कामना छ ।
अतः यस कार्यक्रमलाई कसरी प्रभावकारी वनाउन सकिन्छ ? अमूल्य सुझाव एबं निर्देशनको अपेक्षा गरिएको छ ।

(क) भगवानको मन्दिरमा अनलाईन दर्शन गर्न मिल्ने ब्यवस्था
स्थानीय मन्दिर समितिको सहकार्यमा आईपी क्यामेरा स्थापना गरेर देशभरका१०८ मन्दिरहरुको दर्शन गर्न चाहने महानुभावहरुका लागि अनलाईन मार्फत दर्शनको व्यवस्था मिलाउने कार्यक्रम रहेको छ।

(ख) दर्शन र तीर्थयात्राको अनलाईन प्याकेज
कुनै पनि मठ मन्दिरमा दर्शन गर्न जाँदाको समयमा बाटोमा पर्ने स्थानहरु समेतको जानकारी मानिसहरुलाई होस भन्ने अभिप्राःयले बाटोमा पर्ने स्थान, रमणीय स्थलहरु, गाउँबश्ती, शहर बजारको समेत भीडीओ क्लीपहरु बनाएर देवी देउताको दर्शन गर्न मिल्ने यूट्युब भीडीओहरु तयार गरी अनलाईन दर्शनलाई पनि केही यथार्थ परक बनाउने कार्यक्रम रहेको छ।
“हरेक ब्यक्तिले आफु संग हुने२४ घण्टाको समयबाट भगवानका लागि केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यता हो।“

३.माता–पिता महिला पुरुषका लागि गरिने कार्यहरु
यस कार्यक्रम अन्तर्गत हामिले परापूर्व काल देखि पालन गर्दै आएको संस्कार, र परम्परा अनुरुप आमा बाबु र पुर्खाहरु प्रति हरेक ब्यक्तिले निर्वाह गर्नु पर्ने कर्तब्यहरुको बारेमा सबैलाई हुने गरि सचेतना र जानकारीमूलक कार्यक्रमहरु संचालन हुनेछन। आमा–बाबु र पूर्खाहरुको चाहना बमोजिमको अनुशासित सन्तति उहाँहरुले देख्न पाउने छन भन्ने अपेक्षा राखिएको छ। यस कार्यक्रम अन्तरगत निम्नानुसारका कार्यहरु गरिने छन।
पुर्खा र पितृहरुका लागि धार्मिक परम्परानुसारका कार्यहरु बिधि बिधानपूर्वक गरि रहने। यसका बारेमा सबैलाई शास्त्रीय बिधि बिधानका बारेमा जानकारीमूलक कार्यक्रमहरु संचालनमा ल्याईने छन।
सबै धर्मले पुर्खाहरुका बारेमा, माता–पिताका लागि हामिले गर्नु पर्ने कर्तब्यहरुका बारेमा नैतिक कुराहरु उल्लेख गरेकै छ। ति कुराहरुका, नैतिकताका बारेमा सम्बन्धित धर्म गुरुहरुबाट सबैलाई नैतिक शिक्षा प्रदान गर्ने कार्यक्रम संचालनमा ल्याउने।
आमा–बुवाको सपना साकार गर्ने कार्यमा अगाडी बढने खालका नैतिक कार्यक्रमहरु संचालन गर्ने।
हाम्राआमा–बुबाले गर्न चाहेका तर गर्न नसकि बाँकि रहेका कामहरु अगाडी बढाउने कार्यक्रमहरु संचालन गर्ने।
हरेक प्रदेशमा एउटा एउटा “मातृभूमि आश्रम” बनाउने। यस आश्रममा बालबच्चाहरु हुर्कि सकेका ब्यक्तिहरु जस लाई एउटा सभ्य समाजको आवश्यकछ। यो आवास क्षेत्र आधुनिक सुविधा सम्पन्न हुनेछ। यस आश्रममा घर बनाउँदा सम्बन्धित ब्यक्तिले घर बनाउन आफ्नो लगानि लगाउनु पर्ने, तोकिएको डिजाईनमा घर तयार हुने छन। त्यस आवास क्षेत्रमा खेल्नेठाँउ, पार्क, सपिङसेन्टर, प्रवचन गर्ने ठाँउ, पूजापाठ गर्ने सुविधा, सवारी साधनहरु, पढने अध्ययन गर्ने केन्द्र, गेष्ट हाउस, अस्पताल र सुरक्षाको राम्रो ब्यवस्था रहनेछ। यसले आम मानिसहरुले सुविधायुक्त जीवनशैलीमा बाँच्न सहयोग पु–याउनेछ।

“हरेक ब्यक्तिले आफुसंग हुने २४ घण्टाको समयबाट आमाबाबु, पुर्खाहरुका लागि केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यता हो।

४. प्रकृतिको लागि गरिने कार्यहरु
प्रकृति बाट हरेक मानिसले हरपल बाँच्नको लागि अक्सीजन लिई रहेको हुन्छ। त्यसका खाँतिर पनि हामिले यस धर्तिमा रुखहरु रोप्नु पर्छ। मन्दिरहरुमा रुख रोप्ने कार्यले प्रकृति प्रतिको यस कार्यलाई पनि सहयोग पुग्न जानेछ। पर्यावरण र प्रकृतिक शौन्दर्यको बिकास र बिस्तारमा जोड दिई पर्यटनको बिकासमा सहभागि हुने कार्य संचालन हुनेछ।
यस अन्तरगत गरिने कार्यहरु,
– हरेक सचेत र सक्षम नेपालीले आफ्नो जीवन कालमा आफुलाई नै चाहिने अक्सिजन उत्पादन गर्ने ७ वटा ठुलो बिरुरुवाको रूख १०० बर्ष सम्म बाँचि रहने गरी बृक्षारोपण गरौं यो पनि हाम्रो प्रकृति प्रतिको कर्तब्य हुनेछ। यसका लागि हामिले बृहत बृक्षारोपण कार्यक्रम संचालन गर्ने।
– नदीनाला, ताल तलैयाको सरसफाई, संरक्षण सम्बर्धन कार्य गर्ने।
– प्राकृतिक सम्पदाको संरक्षण सम्बर्धन कार्य गर्ने।
– पर्यावरणीय पर्यटनको बिकास गर्ने।
– प्राकृतिक साधन–श्रोतलाई देश राष्ट्र निर्माणको आधार बनाउने।
– नेपाल प्रकृतिले माँया गरेको बिश्वको पहिलो देश हो। नेपाललाई बिश्वकै रहर लाग्दो प्राकृतिक पर्यावरणको देश बनाऔं। यो कार्य तपाँई हाम्रो सामुहिक प्रयासले केही समय भित्रै संभव छ।
– पूर्वीय दर्शन अनुसार गाई एउटा यस्तो प्राणी हो जसले यो मातृभूमिमा प्राकृतिक वातावरणलाई अनुकुलित बनाउने कार्य गरी राखेको हुन्छ। गाई आफैंमा पर्यावरण सन्तुलनको प्रतिक∕प्राणी हो। यहाँ रहेका स्थानीय जातका गाईहरुको पालनपोषण, संख्यात्मक बृद्धिमा सहभागि हुने।
– विश्वमा सचेत नागरिकहरु प्रकृतिको संरक्षण र सम्बर्धनका लागि यदि चिन्तित हुन सक्छन हामि पनि प्रकृतिका लागि त्यस्तै राम्रा कामहरु गर्न सक्छौं भने हामिले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने, हामि सबै एकजुट भएर प्रकृति र पर्यावरणको संरक्षण र सम्बर्धनमा जुटौं।
“ हरेक ब्यक्तिले आफु संग हुने २४ घण्टाको समयबाट प्रकृतिका लागि केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो पनि यस अभियानका लागि आधारभूत मान्यता हो।“

५.गुरु (शिक्षा) क्षेत्रमा सहयोग
शिक्षाको अभावमा कैयन बालबालिकाहरुले आफ्नो प्रतिभाको प्रस्तुति गर्न सकेका छैनन। नेपालमा अहिले देखिएका राम्रा र योग्य मानिसहरु भन्दा अझै बढी प्रतिभाशाली ब्यक्तित्वहरु शिक्षाको अभावमा अगाडी आउन नसकेका पनि होलान। अतः नेपालमा शिक्षा बाट कोही बन्चित नहोउन, यस अभियानमा हामि सबैले आ–आफनो क्षेत्रबाट सक्दो योगदान गरौं। शिक्षा र स्वास्थ्यलाई सबैको पहुँचमा पु–याऔं। यसका लागि हामि सबैले सरकारको कानमा यी कुराहरु एक स्वरमा भनौं।
–हामि संग समय वा पैसा जे छ, कम्तिमा पनि त्यसको दशांस (१०%) शिक्षाका लागि लगानी गर्न सिकौं, र गरौं। यसले देशकै शैक्षिक स्तर माथि उठन जानेछ। यस महान कार्यमा हामि एकजुट भएर अगाडी बढौं।नपढी बस्नेहरुलाई पढन प्रेरित गरौं।
– प्रथम चरणमा कम्तिमा पनि ७५३ स्थानीयपालिकाको प्रत्येक वडा (६७४३वडाहरु) बाट १÷१ जना केटी र केटाहरुलाई जुन तहमा जे सहयोग गर्न सकिन्छ सो अभियान संचालन गर्ने। शिक्षा क्षेत्रका बिग्यहरुबाटबिशेष कार्यक्रम तय गरी संचालनमा ल्याउने।

“ हरेक ब्यक्तिले आफुसंग हुने २४ घण्टाको समयबाट शैक्षिक क्षेत्र (गुरुखण्ड) का लागि केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यता हो।“

६. राष्ट्र र समाजका लागि गरिने कार्यहरुः
नेपाल लाई समृद्ध राष्ट्र बनाउनका लागि समृद्धिमुलक अभियानहरु संचालनमा ल्याउनु पर्दछ। समाजको उत्थानका लागि नयाँ सामाजिक, आर्थिक, धार्मिक लगायत समाज उत्थानका अभियानहरु संचालनमा ल्याउनु पर्छ। बिद्ध्यालयहरुमा बिद्ध्यार्थिहरुका लागि संस्कार सहितको शिक्षा दिने कार्य (लगु औषध बिरुद्धको शिक्षा, सुरक्षा शिक्षा आदि) प्रदान गर्ने कार्यक्रमहरु संचालनमा ल्याइने छन। देश भरिबाट देश भक्त, बुद्दिजीवि, समर्पित र लगनशिल हरेक तह र तप्काबाट मानिसहरुको सहभागिता रहने गरी यस अभियानलाई प्रभावकारी रुपमा संचालन गर्नु पर्ने हुन्छ। हाल हामि मातृभूमि संस्थाबाट “समृद्धिका लागि साझा अभियान” को नाराका साथ अगाडि बढी रहेका छौं।

यस कार्यक्रममा संचालन हुने अभियानहरु,
–प्रथम चरणमा प्रत्येक स्थानीय पालिकाका १० वटा बिद्ध्यालयहरुमा लागु औषध बिरुद्धको शिक्षा र सुरक्षा शिक्षा प्रदान गर्ने। यस बाट हाम्रा बालबलिकाहरु लागु औषधको कुलतबाट, कुनै पनि अपराधको पिडित हुन बाट, खतरा, घटना दुर्घटनाहरु बाट जोगिने छन।
– हरेक बेरोजगार युवाहरुका लागि कुनै न कुनै रोजगारीको बिकल्पको खोजीमा हामि जुटौं। लाग्छ हामिले खोजि नगरेर मात्रै होला नत्र बिकल्प हामि संगै छ, हामि सबैले यसका लागि एकजुट भएर अगाडी बढौं।
– राष्ट्र र समाजका लागि केही गर्छु भन्ने प्रत्येक ब्यक्ति यस अभियानमा खुसीका साथ सहभागि होऔं। सहभागिता मात्रै पनि आफैंमा राष्ट्र र समाजको हितका लागि पहिलो कदम हुनेछ।
– जो सुकैले पनि राष्ट्र र समाजको हितमा गरेका राम्रा कामहरुको निस्वार्थ रुपमा प्रशंसा र समर्थन गर्न सिकौं। यसबाट ति राम्रा काम गर्ने देशभक्त र समाजसेवीहरुको मनोबल बढन जानेछ, अरुलाई पनि राष्ट्र र समाजको हितमा काम गर्ने प्रोत्साहन मिल्न जानेछ।
–राष्ट्र र समाजको हितमा काम गरि रहने देशभक्त र समाजसेवी (राष्ट्रसेवक, आम नागरिक, कृषक अन्य व्यवशायी) हरुलाई सार्वजनिक सम्मानको कार्यक्रमहरु संचालनमा ल्याउने।
– नेपाल राष्ट्रमा, नेपाली समाजमा शान्ति सुरक्षा बलियो र भरपर्दो बनाउन र अपराध मुक्त समाजको बाटोमा उन्मुख हुनका लागि नागरिकहरुको तर्फबाट सक्दो र संभव योगदान रहने गरी “अपराध बिरुद्धको कोष (ब्लतष् ऋचष्mभ ँगलम) खडा गर्ने । यसका लागि सरकार, नागरिक समाज सबैको योगदानको आवश्यकता रहनेछ। जसको संचालन बिधान÷कानून बमोजिम नागरिक समितिले गर्नेछ। यसमा सहभागिताको प्रकृया छिट्टै सार्वजनिक हुनेछ।

“ हरेक ब्यक्तिले आफुसंग हुने २४ घण्टाको समयबाट आफ्नो राष्ट्र र समाजका लागि केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यता हो।

अहिले देश भरि नै कोभिड–१९ ले हामि सबैलाई त्रसित बनाएको छ । हामि सबैले आ–आफ्नो स्थानमा हामिले आफ्ना लागि गर्न सक्ने सुरक्षा र सावधानी अपनाएर बसी रहेका छौं । केहि हाम्रै दाजु धाई दिदी बहिनीहरु, बाल बालिकाहरु कोभिडको चपेटमा पनि छन । यसको चपेटमा नपर्ने दुखःद समाचारबाट दुखि भई रहेका छन । यो संकटको घडीमा हामि सबैको दुश्मनको रुपमा देखा परेको कोभिडको बिरुध्दमा हामि सबै एकजुट हुन सक्नु र सिक्नु पर्ने कुरा अति महत्वपूर्ण छ । यदि यो महामारीको समयमा हामिले यो कुरा हृदयाङ्गम गर्न सकेनौं भने यो हामि सबैका लागि दुखद महामारी हुन सक्छ । यहाँ कुरा के भने बिश्वका अन्य मुलुकहरुले, ब्यक्तिहरुले सबैले नेपाल लाई केही गर्न नसक्ने प्रकारले ब्याख्या गरेको हामि सुनि पनि रहेका छौं । अबका दिनमा बिश्व सामु हामि सबैले एकजुट भएर कोभिडको बिुरुध्दमा लडेर हामि सबै हाम्रै एकताले सुक्षित हुन सकेको देखाउनै पर्छ ।सबै जागरुक नेपालीले एकमुष्ट रुपमा गच्छे अनुसारको योगदान गरे हामि सफल हुने नै देखिन्छ । यसका लागि नेपालका ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय पालिकाहरुमा रहेका हामि सबै अभियन्ताहरुले सामुहिक सहयोग गर्ने अनुरोध सबै जागरुक र सक्षम नागरिकहरुलाई गरेर समस्या ग्रस्त ठाउँहरुमा पिडितहरुका लागि केही ग–यौं भने यो हाम्रालागि कोभिड बिरुध्दको लडाँईमा नेपाली नागरिकहरुलाई सहयोग गर्न सक्ने पाईला हुन सक्छ । यसकालागि नेपालमा बसेका हामि नेपालि नागरिकहरु, बिदेशमा बसेका हाम्रा दाजु भाई दिदी बहिनीहरु सबै मातृभूमिमा परेको यस संकटका लागि एक जुट हुनै पर्छ । सहयोगि ब्यक्ति, संस्थाहरुको सहयोगले कोरोना बिरुध्दको लडाँईमा सफलता हाँसिल हुन सक्नेछ ।
यस कार्यका लागि छुट्टै कोष हुने, सबै प्रदेशबाट सहभागिता सार्वजनिक संचालक समिति रहने र के के कार्हरु गर्ने छुट्टै कार्य विधि पनि तयार भई रहेको छ ।

७. भूमिका लागि संचालन हुने कार्यक्रमहरु:
माटोमा हामिले केहि गरेनौं भने केही फल्दैन। मातृभूमिमा माटोको उत्पादन क्षमतालाई सदुपयोगमा ल्याउने।
यस अभियानमा गर्न सकिने केही कार्यहरु
– नेपालको जमीनको उर्वरा शक्तिको सदुपयोग गर्ने, जहाँ जे फल्छ, जे उत्पादन हुन्छ सो कुराका लागि जमीनको सदुपयोग गर्ने, प्रचुर मात्रामा उत्पादन बढाउने।
– जुम्ला, मुस्ताङ, मनाङ जस्ता हिमाली जिल्लाहरुमा स्याउको उत्पादन, मध्य पहाडी जिल्लाहरुमा सुन्तला, जुनार, कागति जस्ता फलफुल, तराँईमा अन्य फलफुलहरु र खाद्ध्यान्नको उत्पादन यत्ति धेरै बढाउने कि जतिको संभावना होस। एक ब्यक्ति ७फलफूलका बृक्ष (१∕७) को हिसाबले हामिले फलफूल प्रचुरतामा रोपौं। हरेक याममा नेपालमा मौसमी फलफूल फलिरहुन, नेपाल बिश्वमा बाह्रै महिना फलफूल फल्ने देश हो, यस लाई हामि बिश्वमा चिनाऔं। हामि नेपालीहरु नेपाल कै फलफूल उत्पादनमा आत्मनिर्भर हुन सकौं।
– नेपालका बिभिन्न ठाँउमा रहेका जमीनहरुमा चक्लाबन्दी सामुहिक खेती गरौं। “देशको माटो, समृद्धिको बाटो” हामि अपनाऔं। माटो हाम्रालागि सधैं उर्वरताका साथ उत्पादनका लागि तयार छ भने हामि किन तयार नहुने, हामि माटोको साथ लिएर समृद्धिका लागि तयार होऔं।
–मातृभूमिको माटोले भनि रहेको छ,“ए युवाहरु मेरो साथमा आउ, म सधैं तपाँईहरुको साथमा छु, बोल्न सक्दिन तर अमुक भएर सत्यतामा म अडिग छु, मैले जे रोप्छौ त्यसको फल अबिरल रुपमा दिई रहनेछु” भने हामि सबै बेरोजगारयुवाहरु एकजुट होऔं, हरेक प्रदेशमा बहुसंख्यक युवाहरु कृषिको उत्पादनमुलक कार्यमा जुटौं।
–मातृभूमिको बिभिन्न स्थानहरुमा रहेका पर्यटकीय स्थानहरु, कृषि ब्यवशायलाई आकर्षक बनाई कृषि पर्यटनको बिकास र बिस्तारमा सहयोग पु–याउने कार्यक्रम संचालन गरौं।
– देशका मुख्य राजमार्ग लाई अझै बढी सुन्दर बनाऔं, सडकहरुको दुबै किनारामा बृक्षारोपण गरी राजमार्गहरुलाई आकर्षक बनाउने कार्यक्रमहरु संचालन गरौं आदि। बिभिन्न स्थानहरुमा यसका अतिरिक्त के गर्ने सो बारे पनि सम्बन्धित बिग्यहरुबाट उचित कार्ययोजना तयार गरि संचालनमा ल्याउने कार्यक्रम अगाडी बढीरहेको छ।

“ हरेक ब्यक्तिले आफु संग हुने २४ घण्टाको समयबाट आफ्ना लागि माटोको साथमा केही समय खर्च गर्न तयार हुनै पर्ने हुन्छ” यो यस अभियानका लागि आधारभूत मान्यताहो।“

मातृभूमि अभियानको नाम बाट देशमा राष्ट्र र समाजको समृद्धिका लागि केही गर्न सकिएला भन्ने हामि सहभागिहरुको सोंच रहेकोछ। यस साझा अभियानमा हामिहरु सबैको सहयोग र पूर्ण समर्थनको आवश्यकता रहने बिश्वास लिईएको छ। यस कार्यक्रमलाई अझै बढी प्रभावकारी बनाउन यहाँहरुको अमुल्य सुझावहरुको अपेक्षा गरिएको छ।
जय मातृभूमि ।

८. मातृभूमि अभिया नसंचालनका लागि नेपालको कानून बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाण्डौं मा दर्ता गरिएको “मातृभूमि” नामक संस्था हो।
संस्थाकोनामः मातृभूमि ।
संस्था दर्ता मितिः २०७१।०५।०५
संस्था दर्ता नं. :१४३
समाज कल्याण परिषद आबद्धता नं. :४५३४९
यस संस्थाले बिगत २०५९ साल देखि सम्पर्कको आधारमा संगठित भई २०७१ साल देखि बैधानिक रुपमा नेपालमा नागरिक सरोकारका विविध क्षेत्रहरु जस्तै भगवान र देवी देउताको लागि, आमा बाबु र पुर्खाहरुका लागि, प्रकृतिको संरक्षण सम्बर्धनका लागि, शिक्षाको क्षेत्र, राष्ट्र र समजाका विविध क्षेत्रहरु, मातृभूमि मा गर्न सकिने अन्य कार्यहरु र ब्यक्तिको सर्वाङ्गीण बिकासका कार्य क्षेत्रहरुमा“ समृद्धिका लागि साझा अभियान” को मूल नाराका साथ कार्यक्रमहरु संचालन गरिरहेको छ। बिधान बमोजिम यस संस्थाले बिशुद्ध सामाजिक अभियानको नामबाट नेपाल राष्ट्रभर “मातृभूमि अभियान” संचालनमा ल्याएकोछ। जस अन्तरगत केन्द्र, ७ वटा प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीयपालिका र ६७४३ वडाहरुमा कार्य समितिहरु गठन भई प्रथम चरणमा ३७९०७ जना सक्रिय अभियन्ताहरु रहनेछन ।
मातृभूमि अभियानले सबै धर्म , संस्कार, जात–जातिहरुलाई सम्मान गरेको छ, हामि सबैले सबै धर्म, संस्कारलाई सम्मान गर्दै कोही कसैलाई पराई नसम्झिऔं, हामि हिन्दु, बौद्ध, किरात, मुस्लिम, इसाई, शिख, जैन सबै मातृभूमिका लागि कर्तब्य परायणता, सत्यता र माँयामा अगाडि बढौं। यही साझा सोंच हाम्रो मातृभूमि प्रतिको कर्तव्य र दायित्व हुन जानेछ ।