Advertisement GIF
माघ ५ आइतबार, ७:१२ पूर्वाह्न

त्यसैले भाउजुको टिकट पसल बन्द भयो — अहिलेका लागि। लोकतन्त्रले नैतिकतामा अस्थायी छुट घोषणा गरेको छ। तबसम्म नागरिकहरूको राष्ट्रिय दिनचर्या चलिरहन्छ — बिहान प्रणालीलाई हाँसोमा उडाउने, दिउँसो त्यसबाट पीडित हुने, साँझ फेरि त्यहीलाई भोट हाल्ने, किनकि मोमो राम्रो छ र विकल्प झन् नराम्रो ।

अन्तिम प्रश्न तिहारपछि झुन्डिएका बत्तीजस्तै टाँस्सिएको छ। संविधान उही, नेताहरू प्रायः उही मानसिकतासहित, वातावरण उही, मतदाता उही। के नयाँ नेतृत्वले साँच्चै स्क्रिप्ट बदल्लार ? कि नयाँ भाउजूहरूले पुरानै नाटक राम्रो मेकअपसहित दोहोर्‍याउने हुन्र ।

ज्वाइँ–ससुराली शब्दावलीमै सोच्ने गणतन्त्र विवाह भोजजस्तै शासन गर्छ — संगीत ठूलो, उपहार महङ्गो, भाषण भावुक, र बिल तिनै छिमेकीलाई, जसलाई टेबलमा बस्न कहिल्यै निम्तो दिइएन।

-डा जनार्दन सुवेदी

नेपाली राजनीति प्रायः तरकारी बजारजस्तै देखिन्छ — जहाँ विचारधारा दोस्रो स्थानमा पर्छ र व्यक्तिगत फाइदा पहिलो। यहीँबाट प्रणालीगत भ्रष्टाचार र सार्वजनिक मर्यादाको क्षय स्पष्ट हुन्छ। हाम्रो राजनीति एउटा अनौठो भाषा बोल्छ — नजिकपनको व्याकरण। यहाँ उपाधि गहना होइनन्स ती सामाजिक जीपीएस हुन्। कसले सत्ताको पारिवारिक सोफामा कहाँ बस्ने हो, उपाधिले नै निर्धारण गर्छ।

बीपी कोइराला “बीपी–बाबु” बन्छन्, गिरिजाप्रसाद “गिरिजा–बाबु” — लोकतन्त्रका मायालु छोरा। तर गणेशमान सिंह “गणेशमान–जी”मा उक्लिन्छन्, कृष्णप्रसाद भट्टराई “किसुनजी” बन्छन् — आधा सन्त, आधा काका, जसलाई राम्रो चिया कहाँ राखिएको छ थाहा हुन्छ, र कसले कप नधोएको पनि।

त्यसपछि आउँछन् महिलाहरू — झन् सूक्ष्म मापनसहित। सुशीला–आमा (बीपी कोइरालाकी पत्नी), सुष्मा–भाउजू (गिरिजाप्रसाद कोइरालाकी पत्नी), मंगला–भाउजू (गणेशमान सिंहकी पत्नी), नोना–भाउजू (शेखर कोइरालाकी आमा)।

राजनीति संयुक्त परिवारजस्तै मिलाइएको छ — संविधान विवाह दर्ता हो, मन्त्रिपरिषद् धेरै भान्से र साबुन कम भएको भान्सा। कम्युनिस्टहरूले अर्को पोशाक लगाए। सबै “कमरेड” बने — समानताको वाचा गर्ने शब्द, तर प्रायः रातो रिबनसहितको पदानुक्रम दिएर। र पत्नीहरू “म्याडम”।
क्रान्तिले झण्डा सजिलै बदल्छ, तर सोफा होइन।

यही रंगमञ्चमा प्रवेश गर्छन् शेरबहादुर देउवा — “शेरबहादुर–दाइ”, आफ्नो नामकरण ९न्वारान० कार्यक्रममा उपस्थित हुन सक्ने उमेरका मानिसका पनि दाइ। उनका छेउमा उभिन्छिन् अर्जु–भाउजू ९अर्जु राणा देउवा० — नाम सुन्दा परिवारिक पिकनिकमा अचार ल्याउने जस्तो, तर जनमानसमा राज्यको ‘अपरेटिङ सिस्टम’झैँ मानिने।

यो गसिप होइन — यो समाजशास्त्र हो। नेपालमा शक्ति कहिल्यै एक्लै यात्रा गर्दैन। उसँगै आउँछ पत्नी, काकाभाइ, कानमा फुसफुसाउने घेरा — र जसलाई सभ्य भाषामा “प्रभावको सञ्जाल” भनिन्छ। देउवाका वर्षहरूमा धेरैले माने, स्टीयरिङ प्रायः अर्जु–भाउजूको ह्यान्डब्यागमै थियो। यो कति यथार्थ हो वा कति मिथक, त्योभन्दा पनि यसको धारणा स्वयं एउटा समानान्तर संविधान बन्यो — कागजमा होइन, खाममा छापिएको।

यो धारणा हालैको विशेष महाधिवेशनमा पहिलोपटक ठोस झड्कासँग ठोक्कियो। गगन थापा नेपाली कांग्रेसको सभापति चुनिए। शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा परिणाम चुनौती दियो, तर आयोगले निर्णय सदर गर्‍यो। पुरानो गुट सर्वोच्च अदालत पुग्ला कि चुपचाप घाउ चाट्ला, हेर्न बाँकी छ। तर अहिले सन्देश स्पष्ट छ — सत्ताको फर्निचर पुनःव्यवस्थित भएको छ, घर उही भए पनि।

वर्षौंदेखि भाउजुको टिकट पसल लोकतन्त्रको भ्रष्ट पेटीको प्रतीक बन्यो — जहाँ राजनीतिक निष्ठा जनसेवाबाट होइन, नगद प्रवाह र कालो सिसाबाट तय हुन्थ्यो। अब भनिँदैछ, पसल बन्द भयो — शटर झर्‍यो, क्याल्कुलेटर अवकाशमा गयो, बिचौलियाहरू कोभिडपछि बेरोजगार भएका ट्राभल एजेण्टझैँ अल्मलिन थाले। लोकतन्त्रको अनौपचारिक अर्थतन्त्र एकाएक बेरोजगार।

जनताले हाँसो गर्दै भन्थे — नेपालले नयाँ आर्थिक सिद्धान्त निकालेको छस् खुद्रा लोकतन्त्र। राजदूत बन्नु छरु त्यहाँ काउन्टर छ। उपकुलपतिरु टोकन लिनुहोस्। योजना आयोगरु सिजनल डिस्काउन्ट। निर्वाचन टिकट त हवाइजहाजको सिटजस्तै — इकोनोमी, बिजनेस, फर्स्ट क्लासस विचारधारा निःशुल्क।

कसैले यसलाई घुस भनेनन्। भने — व्यवस्थापन खर्च, पार्टी योगदान, धन्यवाद संस्कार। नेपालमा हामी संस्था भ्रष्ट गर्दैनौँस घरपालुवा बनाउँछौँ। बाबु, जी, भाउजू जस्ता नाम दिन्छौँ, ताकि तिनले कुर्सी र बजेट चपाउँदा पनि शिकारी नदेखिउन्।

इतिहासमा कांग्रेस नेताहरूका पत्नीहरूले साँच्चिकै बोझ बोके — तानाशाहीमा पार्टी जोगाए, जेल–निर्वासनमा सञ्जाल चलाए। त्यो राजनीतिक मातृत्व थियो। तर सत्ताको राजमार्गमा कतै पुगेपछि, मातृत्वले कथित रूपमा लेखा पढ्न सिक्यो। लोरीमा लेजर जोडियो, पालना बाट रसिद निस्कन थाल्यो।

त्रासदी एउटी भाउजू प्रभावशाली भइन् भन्ने होइन। त्रासदी के हो भने प्रणाली स्वयंले भाउजूलाई प्रणाली बनायो।शक्ति दाइबाट भाउजूमा सर्ने घरायसी प्रेशर कुकर बन्यो — सेफ्टी भल्भबिनाको। नागरिकहरू टाढाका नातेदार बने — चुनावमा भाँडा माझ्न बोलाइने।

नेपालले पुरानो सूत्र सुधार्यो। यो ठूलो क्लब होइनस ठूलो परिवार हो। र तपाईं त काकासमेत होइन — बाहिर पार्क गर्न भनिने छिमेकी मात्र।

अर्को असहज सत्य स्वीकारौँ। नेपालमा पार्टी छैनन्स फ्रेन्चाइज छन्। आन्दोलनमा सहभागी हुँदैनन्स डिलरशिप किन्छन्। विचारधारा रेस्टुरेन्टको मेनुजस्तै झुण्डिएको छ — कोही अर्डर गर्दैन। सबैले बीपी कोइरालाको फोटो एयरलाइन्सको आपतकालीन निस्कने ढोकाजस्तै देखाउँछन् — सान्त्वनादायी, तर कमै प्रयोग हुने।

कथित प्रणालीको सुन्दरता सरल अर्थशास्त्र थियो। माग आपूर्तिभन्दा धेरै, नैतिकता ऐच्छिक, महत्वाकांक्षा आतुर। उम्मेदवार घोषणापत्र होइन, डाउन पेमेन्टसहित आइपुग्थे। आध्यात्मिक प्रश्न हुन्थ्यो — “तपाईं जनताको सेवा कति गर्न चाहनुहुन्छरु” अनुवाद:  नगद कि चेक ?

कतै एउटा इमानदार कार्यकर्ता आइपुग्थ्यो — बीस वर्षको त्याग, लाठीको दागसहित। प्यारा। तर कोठालाई सुटकेस चाहिएको थियो, स्क्र्यापबुक होइन। त्यहाँ विचारधारा ल्याउनु भैँसी बलिमा बाँसुरी बजाउनुजस्तै — संगीत राम्रो, पर्व गलत। टिकट संस्कृतिले ठेलागाडाको खाना जस्तै विकास गर्‍यो। पहिलो युग — थर, जेल जीवन। दोस्रो — शक्तिशाली काकासँग नजिक। तेस्रो — लगानीकर्ता, जसले लोकतन्त्रलाई घरभाडाझैँ माया गर्थे।

२००० पछिसम्म सम्पूर्ण इकोसिस्टम बन्यो — दाता, ब्रोकर, भान्जा, ड्राइभर, ज्योतिष, र कहिलेकाहीँ मतदाता। औपचारिक प्रक्रिया आन्तरिक लोकतन्त्रको कुरा गर्थ्यो। अनौपचारिक प्रक्रिया पार्किङ र नोटको दरको। दुईबीचको दूरी यति फराकिलो थियो कि अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिन्थ्यो।

एक साधारण अन्तर्वार्ता
— जनताप्रतिको प्रतिबद्धता
— विद्यार्थी कालदेखि सेवा गरेको।
— उत्कृष्ट। अहिले कुन बैंकमा सेवा गर्दै हुनुहुन्छ ?

नेपालमा एउटा संरक्षित जात छ — इमानदार मूर्ख। ऊ विश्वास गर्छ महाधिवेशन बहसका लागि हुन्छन्, नेताले रेस्टुरेन्ट बिलभन्दा लामो कागजात पढ्छन्, र त्यागले ब्याज दिन्छ। हरेक चुनावमा ऊ फेरि अचम्म मान्छ — दशैंमा झट्किएको बोकाजस्तै।

त्यसपछि आए गगन थापा — विवादास्पद सही, तर वाचाल, खल्लो सफा, र कुकर नबाँडी जित्न सक्ने। बिचौलिया प्रणालीका लागि यो भाइरस थियो। प्रवेश शुल्कबिनाको सफलता खतरनाक अफवाह। निर्वाचन आयोगको निर्णय कालोबजारमा छापा परेको जस्तै भयो। टिकट मूल्य जलविद्युत् सेयरझैँ खस्यो। बिचौलियाहरू एकाएक नैतिक भए। यहाँ विचारधारा मौसमजस्तै — आज समाजवादी, भोलि पुँजीवादी, साँझ आध्यात्मिक, दुई पेगपछि राष्ट्रवादी। एक मात्र स्थायी दर्शन — पार्किङसहितको व्यवहारवाद।

सबैभन्दा रमाइलो निर्दोषताको नाच हो। एंकरहरू भ्रष्टाचार पहिलोपटक भेटिएजस्तो बोल्छन् — बाख्राको आविष्कारपछि। विडम्बनापूर्ण रूपमा, टिकट व्यापार सबैभन्दा इमानदार अङ्ग थियो। यसले स्वीकार गर्थ्यो — सत्ताको मूल्य हुन्छ।अरू सबै निःशुल्क भएको नाटक गर्छन् र पछि ब्याजसहित बिल पठाउँछन्।

हामी शहीद पूजा गर्छौं, तर उनका विचार आउटसोर्स गर्छौं। युवा मनाउँछौं, तर आईसीयू बाहिरका आफन्तजस्तै बैठक बाहिर राख्छौं। यो घटना एउटा गहिरो सत्य देखाउँछ। समस्या एक पसले होइनस सार्वजनिक सेवालाई निजी व्यवसाय बनाउने संस्कृति हो।

त्यसैले भाउजुको टिकट पसल बन्द भयो — अहिलेका लागि। लोकतन्त्रले नैतिकतामा अस्थायी छुट घोषणा गरेको छ। तबसम्म नागरिकहरूको राष्ट्रिय दिनचर्या चलिरहन्छ — बिहान प्रणालीलाई हाँसोमा उडाउने, दिउँसो त्यसबाट पीडित हुने, साँझ फेरि त्यहीलाई भोट हाल्ने, किनकि मोमो राम्रो छ र विकल्प झन् नराम्रो ।

अन्तिम प्रश्न तिहारपछि झुन्डिएका बत्तीजस्तै टाँस्सिएको छ। संविधान उही, नेताहरू प्रायः उही मानसिकतासहित, वातावरण उही, मतदाता उही। के नयाँ नेतृत्वले साँच्चै स्क्रिप्ट बदल्लार ? कि नयाँ भाउजूहरूले पुरानै नाटक राम्रो मेकअपसहित दोहोर्‍याउने हुन्र ।

ज्वाइँ–ससुराली शब्दावलीमै सोच्ने गणतन्त्र विवाह भोजजस्तै शासन गर्छ — संगीत ठूलो, उपहार महङ्गो, भाषण भावुक, र बिल तिनै छिमेकीलाई, जसलाई टेबलमा बस्न कहिल्यै निम्तो दिइएन।

(डा सुवेदी मायामी विश्वविद्यालय, अमेरिका, मेडिकल समाजशास्त्रका प्राध्यापक हुनुहुन्छ ।)